एडीलेड सम्वाददाता :- जन सम्पर्क समिति साउथ अष्ट्रेलियाको आयोजनामा ३६औँ विपी स्मृति दिवस कार्यक्रम आज ग्ल्याण्डोर कम्युनिटि सेन्टरमा सम्पन्न भयो । अधिवेशन तयारी समितिका संयोजक नविन कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल महिला संघकी सँस्थापक सचिव देवकी राजउपाध्याय रहेकी थीइन । कार्यक्रममा बोल्दै राजउपाध्यायले विपी कोइरालासँग विताएको राजनीतिक जिवनको स्मरण गर्दै नया बन्ने कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएकी थीइन । कार्यक्रम संचालन सुरेन रेग्मीले गरेका थीए भने रवीन्द्र गौतम ले स्वागत मन्तब्य गरेका थीए । विशेष अतिथी नेपाल महिला संघकी केन्द्रीय सदस्य कविता इटनीसंगै , एनआरएनए आइसिसी सदस्य गोकुल घिमिरे, एनआरएनए पूर्व ओसियना उपसंयोजक रमेश जोशी, प्रविन गुरागाई, महेश गौतम, कमल सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थीए ।

साथै, सोही भेलाबाट अर्जुन लम्सालको नेतृत्वमा जनसम्पर्क समिति साउथ अष्ट्रेलियाको नया नेतृत्व सर्वसम्मत चयन भएको छ । ९ सदस्यीय समितिको अन्य सदस्यहरुमा प्रेम पाठक, भुवन सापकोटा, आशिष बराल, लक्ष्मी सापकोटा, देवेन्द्र खरेल, पुरुषोत्तम अधिकारी, विष्णु पौडेल र बिराट घिमिरे रहेका छन् । कमिटीका सदस्यहरुको कार्यविभाजन नया समितिको वैठकबाट दुइ हप्ताभित्र गरिने छ । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गरेका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

E0E7B195-28A9-4834-BB94-252A2EF4E6DC-169x300 साउथ अष्ट्रेलियामा बिपि स्मृति दिवस सम्पन्न । E0E7B195-28A9-4834-BB94-252A2EF4E6DC-169x300 साउथ अष्ट्रेलियामा बिपि स्मृति दिवस सम्पन्न । E0E7B195-28A9-4834-BB94-252A2EF4E6DC-169x300 साउथ अष्ट्रेलियामा बिपि स्मृति दिवस सम्पन्न ।

Total Page Visits: - Today Page Visits:
Shares