काठमाडौं । नेपाल साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
थिम्पुस्थित चालिमिथाङ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई सहज रुपमा पराजित गरेको हो । नेपालले आठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । नेपालका लागि अनुष्का शेर्पाले अग्रता दिलाएकी थिइन् । खेलको १४औं मिनेटमा सविना रानामगरले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा नै २–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप २ गोल गर्दा पाकिस्तानले भने गोल गर्न सकेन ।
समुह बीबाट नेपालसँगै बंगलादेश सेमिफाइनल पुग्न प्रवेश गरेका छन् । नेपालसँग पराजित भएसँगै समूह चरणका दुवै खेलमा हार ब्यहोर्दै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल र बंगलादेशबीच भोलि (सोमबार) हुने खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । बाह्रखरिमा खवर छ ।![[Tags] EA8202DF-6509-42DC-A629-DAAA2EAC5089-300x200 यु-१५ महिला फुटवलमा आशा : सेमिफाइनल प्रवेश](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/08/EA8202DF-6509-42DC-A629-DAAA2EAC5089.jpeg?resize=300%2C200&ssl=1)