मेरो कपुरि क सम्वाददाता:- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को २०१८- २०२० को कार्य समितीमा पहिलो पल्ट अमेरिका बाहेकको देश अस्ट्रेलियाबाट सबै भन्दा धेरै ३ जना सदस्यहरु कार्य समितीमा चुनिएर पुगेका छन्  अत्यन्त प्रतिस्पर्धात्मक र निकै नै चासोसंग हेरिएको महासचि पदमा अनेसास पर्थ च्याप्टरका संस्थापक ध्यक्ष गणेश घिमिरेले आफ्ना प्रस्तिस्पर्धि अमेरिकाको डिसी च्याप्टरका अध्यक्ष रामप्रसाद खनाललाइ ३४३ मतका बिरुद्ध ५८६ मतले उछिन्दै बिजयी बनेका हुन  अनेसासको २६ बर्षे इतिहाँसमा पहिलो पल्ट अमेरिका बाहिरबाट महासचिब पदमा निर्बाचित भएका गणेश घिमिरेले नयाँ इतिहाँस कोरेका छन् 

तीन जना सदस्यहरुको पदका लागि चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा अनेसास एनएसडब्ल्युकि संस्थापक महासचि तथा निर्तमान अध्यक्ष सानु घिमिरेले यो निर्वाचनकै सबै भन्दा धेरै मत अर्थात् ८०६ मत ल्याएर लोकप्रिय उम्मेदवारको रुपमा केन्द्रिय कार्य समितीमा पहिलोपल्ट उपस्थिती जनाएकी छिन् 

अस्ट्रेलियाबाटै लगातार चार पल्ट ओसियाना क्षेत्र हेर्ने उपाध्यक्षका रुपमा अनेसास एनएसडब्ल्यु अस्ट्रेलियाका संस्थापक अधक्ष्य भीमसेन सापकोटा निर्बिरोध रुपमा केन्द्रिय कार्य समितीमा पुगेका छन् 

बिगत आठ बर्षदेखि अस्ट्रेलियाका बिभिन्न शहरहरुमा बिस्तार हुदै गएको अनेसासले अस्ट्रेलियामा रहेका नेपाली साहित्य प्रेमीहरुलाई साझा मन्च मात्र प्रदान गरेको छैन, यहि संगसंगै अनेसासलाइ सबैको अनेसास बनाउन अस्ट्रेलियाबाट युवा पंक्तिमा लोकप्रिय रहेका नेतृत्वहरुलाई केन्द्रमा पठाएको छ 

मेरो कपुरी कसंग कुरा गर्दै अनेसास केन्द्रका ननिर्वाचित महासचिब गणेश घिमिरेले भने – चुनाब भनेको लोकतान्त्रिक प्रकृया हो, जब सर्वसम्मत हुने वातावरण हुदैन तब चुनाबमा  जानुको बिकल्प हुदैन । जित्नेहरुले मात्तिनु हुदैन भने हार्नेहरुले पनि निरास हुनु पर्दैन  हाम्रो नयाँ केन्द्रिय कार्य समितीले सम्पूर्ण साथीहरुलाई समेटेर अनेसासको संस्थागत हिततको लागि काम गर्नेछ  यसरी चुनिएर जानु खुशीको कुरा त हुदै हो तर यो खुशीसंगै हामीलाई मतदान गर्नु हुने साथीहरुको र सिंगो अनेसासको बिश्वाशलाइ निभाउनु पर्ने जिम्मेवारी पनि थपिएको छ 

मेरो कपुरी कसंगै कुरा गर्दै ननिर्वाचित केन्द्रिय सदस्य सानु घिमिरेले भनिन्- धेरै मत पाउनु भनेको धेरै जनाको बिश्वास जित्नु पनि हो आजीवन सदस्य साथीहरुको जन समर्थनको कदर गर्दै उहाँहरुको आवाजलाई केन्द्रिय कार्य समिती मा पुर्याउनु मेरो पहिलो दायित्व हुनेछ 

अनेसास केन्द्रिय कार्य समितीका एघारौ  अधक्ष्यको रुपमा निर्वाचित भएका केन्द्रिय कार्य समितीका निबर्तमान बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले भने आफ्ना प्रतिस्पर्धी अमेरिकाका गोबर्धन पूजालाई ३५९ का बिरुद्ध ५७० मतले उछिनेका छन्  स्मरण रहोस्एघार जना अध्यक्ष पाई सकेको अनेसास केन्द्रिय कार्य समितीमा  सन् १९९५ -९६ को कार्य समितीमा क्यानाडाबाट किरण ढुंगाना, सन् २००४ -०५ का लागि नेपालबाट दुर्गा बहादुर सुबेदी र सन् २००८ -१० का लागि जापानबाट कुमार बस्नेत बाहेक अन्य सम्पूर्ण अध्यक्षहरु अमेरिकाले मात्र जिताएको थियो  यो पल्ट आठ बर्षपछी फेरी अमेरिका बाहिरनेपालबाट राधेश्याम लेकाली केन्द्रिय अध्यक्षको कार्यभार सम्हाल्दै छन् 

यस बर्षको कार्य समितीमा धेरै वटा देशको प्रतिनिधित्व भएको देखिन्छ केन्द्रिय अध्यक्ष पछिको अर्को महत्वपूर्ण पद वरिष्ठ उपाध्यक्षमा जापानबाट प्रकाश पौडेल ‘माहिला’ निर्बिरोध भएका छन् भने अमेरिका क्षेत्रबाट शान्तिराम ढकालले अमेरिकाकै प्रकाश नेपाललाई ३६१ को बिरुद्ध ५६८ मतले पराजित गर्दै बिजयी बनेका छन्  युरोपबाट क्षेत्रीय उपाध्यक्षको रुपमा सुनिल संगम र एसिया क्षेत्रको क्षेत्रीय उपाध्यक्षमा इजरायलबाट निशा अर्याल निर्बिरोध बने भने सचिब पदमा भएको चुनाबमा अमेरिकाका लालगोपाल सुबेदीले युरोपका राजकुमार पुडासैनीलाइ ३५९ का बिरुद्ध ५७० मतले पछी पारेर बिजयी बनेका छन् उता अमेरिकाकै विकास बिस्ट कोषाध्यक्ष पदमा निर्बिरोध भए भने बेलायतकी लक्ष्मी राइ र अमेरिकाका अग्नि प्रसाद पराजुलीले क्रमश ७४५ तथा ५१३ मत प्राप्त गर्दै केन्द्रिय कार्य समितीको ढोका खोलेर प्रवेश गरेका छन् 

यहि कार्यकालमा पहिलो पल्ट अनेसासको केन्द्रिय कार्य समितीमा एउटा क्षेत्रीय उपाध्यक्ष सहित दुइजना केन्द्रिय सदस्य पदमा निर्बाचित हुदै तीनजना महिला हरु केन्द्रिय कार्यसमितीमा पुगेर अर्को रेकर्ड बनाएका छन् 

करीब तीन महिनासम्म  सर्वसम्मत कार्य समिती चुन्न गरिएको प्रयास खेर गएपछि अन्तिममा अनेसास को केन्द्रिय कार्य समितीको निर्वाचन सम्पन्न भएको थियो  नब निर्वाचित पदाधिकारी हरुले अनेसास को बिधान बमोजिम सेप्टेम्बरमा अमेरिका गएर आफ्नो पदको सपथ लिने छन् 

DC95BD62-E00D-4EF3-AE90-5AE207B6749B-215x300 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को चुनावभित्रका रोचक प्रसंगहरु

Total Page Visits: 3429 - Today Page Visits: 2
Shares