“फूल किन्ने केटी”

म लिखुरे..ऊसैले राखिदिएकी ऊपनाम! खै सुन्दा त राम्रो ऊपनाम हो झैं त लागेन तर मलाई ऊ वेला बा-आमाले अलि छिप्पिएर कठिनले पाएको म एक्लो छोरोको नाम पण्डित बाजेले जुराईदिएको “राजु” भन्दा हजार गुणा प्यारो थियो, ऊसले राखिदिएको लिखुरे!
ऊसको मोवाईलमा म लिखुरे भएर सेभ भएको थिए। अहिले त म आफै, फेसबुक नाम संगै कोष्टमा (लिखुरे) भनेर राखेको छु..!!
कुनै कुनै स्कुलका लास्ट बेन्चर केटा हरुले त लिखुरेनै भनेर मेसेज गर्न थालेका छन्।
अरुले लिखुरे भन्दा गिजाए जस्तो, खिजाए जस्तो तर खै त्यो ऊसले हर्ट ईमोजी सँगै जोडेर लिखुरे भनेर मेसेज गर्दा त मनै फुरुरुरु हुने!! क्या बात यो मायाको!!

236D81C1-1889-4E4A-98C1-D3AB526C5CE4-300x289 “फूल किन्ने केटी”

म के भनु -भनु? कालु भनु भने गोरी छे, मोटु भनु भने पातली छे, लुरी भनु भने अलि त्यति लुरी भनिहाल्ने खालकी पनि छैन्, डल्ली भनु भने अल्लि अग्ली छे..भर्खरै क्रस रिलेसनसिपमा भएकीलाई के भन्ने..? मायालु भनिहाल्ने हिम्मत गर्न त्यति मर्द पनि सावित गर्न आँट छैन,, कतै बन्नै लागेको सम्वन्ध बिग्रिपो हाल्ने हो भन्ने डर..!  बलिरहेको आगोमा चिसो पानी झ्वाम्म हाले जस्तो गरिहाल्ने मन पनि छैन।

म फूल बेच्ने केटो (फल्रोरिष्ट), ब्लु वर्ड मलको पहिलो तलामा रहेको मामाको पसलमा काम गर्न थालेको दिनै मैले ऊसलाई एक मुठि फूल (बुकि) बेचेको याद छ।  रातो गुलाबमा केहि सेता फूलका थुँगाहरु ऊसैको रोजाईको एऊटा बुकि मैले ऊसलाई थमाए, मलाई १०० को नोट थमाई, मैले १० रुपया फिर्ता गरे, ऊ मुसुक्क हाँसी, म पनि अलि अलि फटिएका दाँत देखाएर फिस्स गरे। सायद ऊसलाई बुकिको मूल्य थाहा थियो होला, मेरो छेऊमै बसेकी म भन्दा कान्छी माईजू पनि मेरो फिस्स परेको दाँत सँगै मुसुक्क गरिन्। चतुरे मामा बुढेसकालमा आफूले पढाऊने आफू भन्दा झण्डै १० बर्ष कान्छीलाई लुसुक्कै भगाएर बहादुरी देखाएको पनि ४/५ महिना मात्र भएको थियो। मामाकी बुढि मेरि क्लासमेट, क्लास्की चञ्चले “अनुसा”, मेरी माईजू! हाम्रो गजबको साईनो थियो, सबै हुदा माईजु, उनि र म हुदा ऊनि ओई अनिता र तिमी ! माईजूको अनुहारमा चमक पनि गजवको थियो। बूढा मामाले भरपूर पारी रहेझैं माईजूका गाला रसिला थिए। मोज गरेका छन् मामाले तरुनी केटी पाएर…मन-मनै गुन्जे।
हरेक हप्त्ता बुधबार ऊ आऊथी…ऊस्तै हसिली  नेपाली त होईन जस्ती.. दुई पटक सम्म फूल बेच्ने मौक़ा पाऊदा सम्म ऊसको आवाज सुन्न पाएको छैन्। माईजू सँग एक पटक “क्यान यू गिभ दिस वन” भनेर एऊटा बूकी किनेकी थिई रे, हरेक हप्त्ता बुधबार ऊसले ऊस्तै किसिमको फूल किनेर लान्थी। मेरो लागि ऊ फूल किन्ने केटी ।

तेश्रो पटकमा केटी सँग बोल्ने साहस बटुल्दै थिए। पातलो झण्डै बाँसमा लुगा बेरे जस्तो मेरो हुलिया अलि गोरोनै थिए ५.८ ईन्च ऊँचाईको म लिखुरे १ हप्त्ता अगाडि ५७ केजी तौल पुग्न नि धौ-धौ भएको थिए। के नै बिग्रेला र बोल्नै नहुने त होईन नी…मनमा मनोबल बटुल्दै थिए, पसलमा माईजू थिईनन्। ऊसलाई टाढै बाट देखे, लमक लमक गर्दै मै तिर आऊदै थिई। म भन्दा अग्ली भएनी मेरो जति तौल पुराऊन ऊसैले भिरेको बोझिलो ब्याग पनि अपुग होला जस्तो थियो।ऊ मुसुक्क हाँसी, म पनि मुसुक्क मुस्कुराए। मैले मज्जाले ऊसको अनुहार हेरे…माईक्रोस्कोपले पनि दाग भेटाऊन मुस्किल थियो, फेरि म भन्दा पहिला ऊ मुसुक्क गरि..म पनि मुसुक्क गरे। एकैछिन् मुस्कानकै अन्ताक्षरी चले जस्तो भयो।
ऊसलाई तयार पारिएको बुकी थमाऊनु अघि ऊ सँग बोल्ने हिम्मत जुटाऊनु थियो!  म मुसुक्क हाँसे..ऊसको आँखा सम्म मैले मेरो नजर पुर्याएर रोके।
”डु यु लाईक दिस सप?” मेरो प्रश्न औपचारिक थियो!
ऊ मुसुक्क गर्दै- “एस, आई डु लाईक दिस् वोन” मेरो सवालमा ऊस्को जवाफ सँग मैले मिठो सन्तुष्टि देखे।
“मे आई नो योर नेम”? ऊसको नाम सोध्ने हिम्मत गरे।
ऊ मुसुक्क परेर मेरो आँखा हेरि -“सियोर, महिमा”।
“मि राजु””थ्यांक्यू”। ऊसले नसोधेनी मैले मेरो नाम भनिदिए। यति बेला सम्म मैले ऊसलाई फूलको पोको थमाई सकेको थिए। ऊसको मिठो मुस्कानले मलाई यति वेला बिदाई गरिसकेको थियो। म अझै अपुरो थिए..!  मेरा अन्य प्रश्न अझै ऊसलाई सोध्न बाँकीनै थिए।
भोको पेट आधा भए जस्तो, तिर्खाएर एक घुट्की मात्र पानी पिए जस्तो, मलाई ऊ सँग सोध्ने अनेक सवाल थिए तर म अर्को एक हप्त्तासम्म अपुरो हुदै थिए। ऊ यहाँ बाट गए पनि मेरो मन भित्र बाट भने ऊ हट्नै सकिन!
यस्तो परिस्थिति सँग होमिनु पक्कै सहज थिएन मलाई, अर्को हप्त्ता कसरी आईपुग्यो मैले निकै कुरे जस्तो अनुभव गरे!
आज अझै रसिक थियो मेरो मन्! उ हरेक दिन सिंगारिएको भेषमा आउथी, आज ऊ पिंक रंगको सट,सेतो पाईन्ट अनि न्याभी रंगको ऊल ओभरमा सजिएकी थिई!
टाढै बाट हाम्रो मुस्कानको मिठो मधुवास चल्दै थियो, मेरी छेऊकी माईजु  मेरो नतमस्तकतामा जिल्ल थिईन्! मलाई ऊनको प्रवाह थिएन! ऊ नजिकै आई, म सँग आँखा जुधाई, मैले वुकी निकालेर थमाऊन आतुर थिए,
ऊ मुसुक्क हाँसी! म पनि मुसुक्क ।

“डु यू हयाभ टाईम टु जोईन हुईथ् मी” टुडे? नाऊ..?
“फर ए कप अफ कफि”
गजवकै हिम्मत गरे,
~”स्योर”
“रियल्ली”?
~”यस्”
मलाई हेर्दै मुसुक्क गर्दै , मेरो प्रस्ताव स्विकारी।
जे भनेनी नाई नभन्ने जस्ती, कस्तो मन होला? आफैलाई अनुत्तरित प्रश्न गरे। एक मुठि फूल च्यापेर बसकी ऊ सँग म नजिकैको कफि सप पुगे । मेरो लागि ऊ सँगको नाता केवल “फूल किन्ने केटी”  तर आज पछि के हुन्छ म नै दोधारमा छु। मैदानमा खेल्न हिडेको खेलाडी कि जितिन्छ, कि हारिन्छ नभए बराबरीमै सकिन्छ। सके मन जितुला नसके के भोर एकोहोरो माया गर्नेको भिडमा मैले पनि योग्दान
थपिदिउँला !
यहि दृढता मनमा राखेर म ऊ सँग कफि पिऊने आग्रह गरे!
मन्द असोजको मध्य तिर  काठमाण्डू गर्मी छलेर जाड़ो तिर लम्कदै गरेको थियो, कलेजी रंगको स्काप घाँटीमा बेरेकी थिई,
ऊ “ईस्प्रेस्व माचाईटो” म क्यापिचिनो! हाम्रा अघि हाम्रा तातो कफि, मेरो अघि  ऊ, लामो शरिर,ओभल फेस, दाहिने हातमा स्मार्ट वाच, देव्रे हातका दुई औंलामा डायमण्ड र सुनका औंठी। पहिलो पटक डायमण्ड गर्ल सँग बसेर कफि, नेपाली नबोल्ने सँग कफि..मैले ऊ सँग वोलुन्जेल
ऊसका देखिने हरेक चीज नियाले, ऊ कोपिला छोडेर फूल बन्दै गरेको कलिलो फूल जस्तो कहि छोए पनि दाग बस्ला जस्तो थिई, मैले ऊसका कलिला वदनको अनुमान पनि गरे, फूल्नलाई ठिक्क तयार रहेका सूर्य मुखि फूल जस्ता!
मैले कफि चिसो बनाएरै पिऊन मन पराऊने, चिसो कफि पिऊदै गए..
मेरा हरेक जिज्ञासाको जवाफमा ऊसका कलिला ओठ हरु तल-माथि गरिरहेका थिए। ऊसको ऊज्यालो अनुहार पछाड़ी अध्यारो जीवन पनि सँगै रहेछ भन्ने कुरा पनि थाहा पाए। मेरा केहि जिज्ञासाले ऊसका जीवनका केहि निजि तथ्यहरु पनि उजागर हुदै गए! 

क्रमश ….

– काशी भुसाल

236D81C1-1889-4E4A-98C1-D3AB526C5CE4-300x289 “फूल किन्ने केटी”

~~~~~
ऊसले हरेक हप्त्ता किन्ने फूल किन के का लागि..?
फूल किन्ने केटी सँग लिखुरेको निकट्टतता साच्चै रहिरहला?
बाँकी कथा अझ रोचक रहनेछ। प्रतिक्षा गर्नुहोला!

Total Page Visits: - Today Page Visits:
Shares