१६ बर्ष अघि एक यूवक डिस्टीङ्क्सन मार्क्स सहित इञ्जिनियरिङ्ग उतीर्ण गर्छ| छात्रबृतीमा उच्च शिक्षा अध्ययन गर्नको लागि आफुले जानेसम्मको गर्दछ| खै किन हो थाहा थियन, तर उसलाई इञ्जिनियरिङ्गभन्दा अलि भिन्न बिषयमा अध्ययन गर्ने चाहना थियो| एउटा बिषयको ग्र्याजुएटले अर्कै बिषयमा पढ्छु भन्दा शायद त्यति सहज सुनिंदैन थियो होला, स्कलरशिपको त कुरै छोडौं भर्नासम्म दिन गाह्रो मान्थे ती बिदेशी यूनीभर्सिटीहरु !

काठमाण्डौका साइबर क्याफे र पोस्ट बक्सका चक्कर काट्नु उसको नियमित दिनचर्या थियो| विश्वका बिभिन्न कुनामा रहेका थुप्रै यूनीभर्सिटीहरुमा अप्लाई गर्दा कसैले उसका कुरा फिटिक्कै सुन्दैनथे| यस्तै दैनिकीमा ३ बर्ष बिताएको त्यस यूवाले आफुले जागीर खाएर बचाएको सबै पैसा एप्लिकेसन फर्म मगाउने र पोस्ट गर्दैमा झ्वाम पार्थ्यो | २१ पटकको असफल प्रयास पछि मेलबर्नको एउटा बिश्वबिध्यालयले उसको कुरा सुन्छ र छात्रवृतिसहित बोलाउँछ| त्यसयता, अस्ट्रेलियामा नै स्थायी बसोबास गर्दै आएको त्यस यूवाले फाइनान्समा पी एच डी गर्छ अनि आफ्नै सानो ब्यापार-ब्यबसाय शुरु गर्दछ | पहिले आफ्ना कुरा नसुनिदिने ती देशहरुलाइ “थ्याङ्क यू, फर हेल्पिङ्ग मि बीकम हु आइ एम टूडे” भन्दै श्रीमती र बच्चा-बच्चीसहित पर्यटकको रुपमा भ्रमण गर्ने मिसनको क्रममा छ, र अहिले न्यूजील्याण्ड आइपुगेको छ| अनि, यात्राको क्रममा बच्चा-बच्चीलाइ सिकाउँछ –

– “हरेस नखानु, आफ्नो ड्रिम चेज गर्न नछोड्नु”,
– “सपना पूरा गर्ने थुप्रै बाटा हुन्छन, निरन्तर एक्सनमा लागिरहनु”
– “जिन्दगी बडो अचम्मको हुने रे’छ, हामीले गर्ने साना-साना निर्णयको संगालो नै जिन्दगी रे’छ”
– “यी, यो हाताँ बोक्या The Art of Choosing भन्ने बूक एकचोटी पढ्नु”

डा. किरण थापाको फेसबुक वालवाट ।

388672DF-E3AA-4B89-955C-20A0DCC757EB-300x225 एक्काइस पटक असफल एउटा सफल यूवाको कथा

Total Page Visits: 2616 - Today Page Visits: 1
Shares