मेरो कपुरि क सम्वाददाता :- गजल मुशायराको पॉंचौ संस्करण २०१८ भब्य रुपमा गजलमय बनेर सकिएको छ । २५ जना गजलकारका ५० वटा दमदार गजलले हल गुन्जायमान बन्यो । कार्यक्रममा बोधबिक्रम दवाडी, मुकुन्द पौडेल र रबिन्द्र कुमार शर्माले गजल बाचक, गायक, नृत्यागंना र संचालकलाइ खाता लगाइदिएका थीए । बाबा एकुजेशन द्वारा मुख्य प्रायोजित गजल मुशायरा अष्ट्रेलियाका चारवटा स्टेटमा सम्पन्न भइसकेको छ भने बॉंकीमा हुने तयारिमा छ ।
गजल बाचन, गजल गायन र गजलमै नृत्य रहेको कार्यक्रम गजल मुशायरा बिशुद्ध गजल कार्यक्रम हो । बिश्वभरवाटै धेरै नेपाली गजलकारहरुले फेसबुक पेज मार्फत प्रत्यक्ष रुपमा गजल वाचन गरिरहेका छन् । अझै यसको लोकप्रियता बढ्दो छ कार्यक्रम संयोजक जितेन्द्र मल्लले भने ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/9039F245-C0B1-4052-B6D0-8ECAA39D5151.jpeg?resize=300%2C200&ssl=1)
विनाशब्द हेराइमै परिचय हुँदोरैछ।
चिनेपछी नचिनेको अभिनय हुँदोरैछ।
हजूरबुवा बुवा काका जति चोखो नाता लगाँऊ।
साँझपख एकान्तमा उस्कै भय हुँदोरैछ।
गजलकार सजल नयनका यी हरफहरुले कार्यक्रम सुरु गर्दै गर्दा खचाखच हलमा भरिएका दर्शकहरुले तालिले र वाह वाहले साथ दिइरहेका थीए ।
देशको सिमाना फरक रहेपनि मनभरि नेपाली भाषा र साहित्य बोकेर हिडेका दुर्गाप्रसाद रिमाल गजलवाटै आफना मनका भावहरु यसरि प्रकट गरे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/8FF0D8C7-6096-49C8-88B8-2832AF77BAA0.jpeg?resize=300%2C200&ssl=1)
आएको हुँ यहाँ आफु रित्तिएर, तिम्रो त सबथोक छ
फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ
एउटा नेपाली तिमी भइदियौं, अर्को नेपाली म थिए
फरक भइयो सिमा कोरिदिएर, तिम्रो त सबथोक छ ।
गजलवाचनकै लागी क्विन्सल्याण्डवाट आउनु भएका गजलकार डा केशव शर्माले आफना गजल यसरि सुनाए ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/B41E7CE9-7934-49CA-8529-CB336E9960B4.jpeg?resize=300%2C200&ssl=1)
फूल भनुं जुन भनुं अरु के के भनुं भन
कठोर रैछ जे भन्दा’नि फर्किएन तिम्रो मन
हिंजो न्याय माग्न हिंडने सग्ला अग्ला मान्छेहरु
तिनै हुनुपर्यो अरे टोक्ने अरिंगाल अब
श्रृगारिक गजलमा रमाउने बिनायक अधिकारीले सबैलाइ हॉंसो रोक्न नसक्ने बनाए र भने
की बावु बनाउछ की नानी बनाउँछ
सानो थोपाले नयॉं जिन्दगानी बनाउँछ
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/654C6455-81F1-4190-92C4-1D7E185EAA01.jpeg?resize=300%2C200&ssl=1)
पार्कमा नवस भन्छ, होटल गए पुलीस पठाउछ
यो उमेरमा कसरि बसौं ठेकी छेउ मदानी लुकाएर
त्यस्तै गजलकार बिष्णुप्रसाद अधिकारीले पनि आफना बेजोड प्रस्तुति यसरि राखे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/29074B26-E300-4DBD-93F7-58542693C0D9.jpeg?resize=300%2C200&ssl=1)
वर्षौं पछि प्रेमिका भेट्न परदेशबाट फर्केथ्यो,
सुपारी सम्म पनि भेटेन, सिधै कसार भेट्टायो ।
ठुलै युद्ध जितेझैं खुसी हुन्छ त्यो मान्छे ,
जस्ले छुट्नै लागेको ट्रेन हतार हतार भेट्टायो ।
गजल मुशायराका आयोजक तथा गजलकार जीतेन्द्र मल्लले कार्यक्रमकै बारेमा आफना दमदार शब्द राखे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/46630361-1A21-484A-A4FC-64FB6882BE34.jpeg?resize=300%2C200&ssl=1)
तिम्रा अनेकौं तरिका होलान् रमाउनका लागि,
मलाई रमाउनका लागि त मुशायरा चाहिन्छ ।
बिस्तारै विरक्त लाग्दो हो जोगीलाई पनि,
बढी खरानी लगाउने त शुरुशुरुमा हो ।
गजलकार बुद्धिसागर दवाडीले पनि गहकिला शब्दले आफनो स्थान ओगटे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/62E0A161-15E5-4402-B1FE-42867A6EA06D.jpeg?resize=300%2C200&ssl=1)
उनले डिभोर्सको मुद्दा हालिछन् हिजो
देख्नुभो, कुचोको ठाउँमा नि वतास आउँछ।।
चौंथो गजल मुशायरामा दमदार गजल प्रश्तुत गरेर चर्चामा आएका गणेश गौतमको पर्खाइ लामै रह्यो । सबैभन्दा अन्त्यमा आएका गौतमले राजनितिलाइ ब्यग्यं राम्रै कसे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/C83F29EF-04EE-4895-90FB-524F6B725049.jpeg?resize=300%2C200&ssl=1)
म भोट माग्न आउँला नआउँला
मेलम्ची आउछ भन्थिस् आयो ?
गजल बाचनकै लागी सम्भवत टाढाबाट आउने गजलकार हुन सन्तोषी लामीछाने । उनले आफना भावना यसरि पोखिन ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/FAB06C9A-6DB2-4D5E-9484-FF8C7B6D2144.jpeg?resize=300%2C200&ssl=1)
खाना नखाई नखाई रुदै रुदै बालकले बा खोई आमा भन्छ
आमाले चील देखाउदै भन्छे ऊ हेर तिम्रो बाको जहाज आयो
आफ्नो गन्तव्य आफै खोज्नु है छोरी भनिरहन्थे बाले
जब गन्तव्यको नजिक पुगे बिचमा बाको लाज आयो ।
गजलकार प्रेम अधिकारीले सिड्नी बसाइका अनुभव यसरि गजलमा साटे ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/F25A29D5-15BE-47AB-940F-91A4CAB36395.jpeg?resize=300%2C200&ssl=1)
मिठो सपना बोकेर आयो सिड्निमा
यता धायो अनि उता धायो सिड्निमा
चील गाडीको काम यहि भए जस्तो लाग्छ
नेपाली युवा उठायो ल्यायो खनायो सिड्निमा
अर्का जोशीला गजलकार शुसील शर्मा सापकोटाले आफना दमदार गजल यसरि राखे ।
जव जलले भरिएको घड़ा र रक्सिको जर्किन उस्तै लाग्छ
त्यसपछि यो दुनिया के सादा के रंगीन उस्तै लाग्छ
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/22635CCF-77AC-4965-A080-95BCA45D3336.jpeg?resize=300%2C200&ssl=1)
यस्तै गजलका सेरहरु निष्प्रभ सजि, प्रकाश धमला, नैना निर्झरा, दिपक निरौला, निमेश भण्डारि, गणेश कणेंल, ओमराज अधिकारी, सिर्जना थापा, शिवजी भण्डारि, राज गुरुगं र आदर्श खत्रीबाट दमदार गजल बजिरहेका थीए । बिचबिचमा निखिला चापॉंगाइको आत्महत्या नगरौं भन्ने बिषयको नृत्य सगैं समिका जिसी र मनिषा न्यौपानेका नृत्यले रौनकता थपेको थीयो । कार्यक्रममा २५० भन्दा बढिको सहभागीता रहेको थीयो । कार्यक्रमको अन्त्यमा गजल मुशायराका गजल बाचक, गजल गायक, नृत्यागंना र प्रायोजकहरुलाइ एनआरएनए ओसीयानाका क्षेत्रीय अध्यक्ष धर्मराज अधिकारी, कार्यक्रमका मुख्य प्रायोजक बाबा एजुकेशनका रबिन्द्र कुमार शर्मा, एनआरएनए एनएसडब्लुकी महिला संयोजक सन्ध्या शाह र पत्रकार हेमन्त काफ्ले संयुक्तरुपमा मॉंयाको चिनो प्रदान गरेका थीए । कार्यक्रम संचालन संयुक्त रुपमा सुरेन्द्र दवाडी र रामकान्त न्यौपानेले गरेका थीए भने मुशायरा सिभिक थिएटर हर्सभीलमा सेप्टेम्वर २३ तारिखका दिन भएको थीयो ।
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/AF6B3D76-03DA-4F40-B4B8-9E00E6FD6761.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/98910963-19DE-4C30-AE4C-6889701714E3.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/A403C287-BAD8-444B-8C2F-54B6740E998C.jpeg?resize=300%2C215&ssl=1)
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/30B1883D-C9FD-4A45-8E3B-DD2742828E9B.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/F6BD9415-4526-4940-9608-C9892BFFDA10.jpeg?resize=300%2C200&ssl=1)
![[Tags] 9039F245-C0B1-4052-B6D0-8ECAA39D5151-300x200 सिड्नी गजलमय बन्दै सकियो मुशायरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/33931C70-A620-420F-A2F8-A1718BBC89E2.jpeg?resize=300%2C200&ssl=1)
फोटो : बिवस फोटोग्राफी ।