हेर्नुस त पैसाका ठेला हात देखायो
सम्पतिले उसको औकात देखायो
कमाउ कति सक्छौ जन्ति र मलामी
मन बुझाउन टुकडीको साथ देखायो
अनुहार हेर्यो ऐनामा पैसा देखीयो भन्छ
मनभरि इर्ष्या र रिसको खात देखायो
मुखले राम राम छुरा हान्छ पछाडी जो
सबैले भने ब्यवहारले जात देखायो
अस्ति बोलायो र भन्यो रोगले थलिएं
जचाउन जांदा डाक्टरले बाथ देखायो ।
Total Page Visits: 1103 - Today Page Visits: 1