कविता

स्वप्निल आशा ।

नितान्त सून्यताको अनुभूति भित्र
एउटा छुट्टै मिठो आभाष पलाउँछ
जहाँ मृत घोषित सपनाहरुमा पनि
कथित जिउंदाका झैं आश पलाउँछ,
पटक पटकका पराकम्पनहरुले
थकित जिर्ण बनाएका धरोहरहरुमा
अँध्यारो पछि उज्यालोको बिश्वाश पलाउँछ
पलाउँछ हरेक सुकेका ठुटाहरुमा पनि
हेर्नुस त आफैं साउनमा लेउ पलाउँछ
साँझ र बिहानका क्षितिझहरुमा सदा
रंङ्गिन सुन्दर स्वप्निल आशा पलाउँछ
धिपधिपे निभ्न लागेको बत्तीमा तेल थप्दा
फेरी अर्को चहकिलो भरोषा पलाउँछ
भने
ए मान्छे हो! किन निराशाको बत्ती बाल्दैछौ
उसैत बिषाक्त छ तिम्रो मन
किन बिष पिउंदै छौ ?
सम्बन्धका पर्खालहरु बिश्वाशका धमिराले
सम्बन्धका जगहरु शंका उपशंकाका कमिलाले
भित्र भित्रै खोक्राईरहेको देख्दा देख्दै पनि
तेल र चिनीको घोल खोत्याईरहेका छौ
आखिर किन
आखिर किन
हर रात डिप्रेसनका ट्याबलेटहरुमा निदाउन खोज्दैछौ
कोमल बिच्छौनामा अहमका काँडा बिझाउन खोज्दैछौ
टिक्दैन सुन्दरता लिपिएका ओठहरु संङ्गका सामिप्यता
भने क्षणिक मोहकतामा रमाई पराई रिझाउन खोज्दैछौ !

श्रीभक्त पौडेल ‘आफन्त’

चितवन हाल आइसल्याण्ड

Total Page Visits: - Today Page Visits:
Shares