बिनायक अधिकारी:- काठमाडौं । सिड्नीबाट सुरुवात भएको लोकप्रिय गजल कार्यक्रम  “गजल मुशायरा” को नवौ संस्करण नुवाकोटमा हुने भएको छ । कार्यक्रम यहि कार्तिक २० गते विदूरस्थित शुखद पाहुना घरमा हुने छ । 

‘गजल मुशायरा’ मा प्रभाती किरण, पुरु लम्साल, कपिलदेव खनाल, जयदेव गोविन्द, आशिक भट्ट, ईश्वर पौडेल, कविन्द्र घिमिरे, मनु विद्रोही, प्रमिला परि, पुस्कर अधिकारी, श्रीधर पाण्डे, राजकुमार पुत्ला, सुमित्रा सुमि, देउती दीर्घायु र माधव घिमिरेले गजल बाचन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सुशील सिंह ठकुरी, बैकुण्ठ अधिकारी, लक्ष्मी स्याङ्तान र सिद्धान्तराज परियारले गजल गायन प्रस्तुत गर्ने छन् भने रिता थापाको गजलमा नृत्य रहने गजल मुशायरा नुवाकोटका कार्यक्रम संयोजक ईश्वर पौडेलले जानकारी दिए ।

‘गजल मुशायरा’ मात्र गजल बाचन, गायन र नृत्य हुने एउटै ठॉंउ हो । कार्यक्रम शुखद पाहुना घरमा कार्तिक २० गते बिहान ११ बजेवाट सुरु हुने जानकारि संयोजक पौडेलले दिएका छन् । कार्यक्रम सम्वन्धि थप जानकारिक लागी संयोजक ईश्वर पौडेललाइ 9851129054 मा सम्पर्क गर्न अनुरोध गरेका छन्  8D5DFF9F-D686-4CEA-8DD1-5F8000C75982-169x300 गजल मुशायराको नबौं संस्करण नुवाकोटमा ।

Total Page Visits: - Today Page Visits:
Shares