बिनायक अधिकारी :- नेपालका पुराना साहित्यकार तथा भानु साहित्यिक पत्रिकाका सम्पादक स्व. भवानी घिमिरेकी सुपुत्री महत्ता घिमिरे चापागाइको पुस्तक ‘प्रश्नै प्रश्नको पहाड’ नामक कविता संग्रह प्रकाशित भएको छ । 

भानु प्रकाशनका सम्पादक रमेश शुभेच्छु सभाध्यक्ष रहेको कार्यक्रमको प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती रहेका थीए । सभाध्यक्ष रमेश शुभेच्छुले कृति प्रकाशन गर्न पॉंउदा खुसी रहेको कुरा बताउदै उपस्थित सबैलाइ कार्यक्रममा स्वागत गरेका थीए ।

0079B05E-DF9D-4DBE-BC74-824DB18073C3-300x225 महत्ता घिमिरे चापागाइको ‘प्रश्नै प्रश्नको पहाड’ पुस्तक बिमोचन ।

भानु प्रकाशनका प्रधान सम्पादक तथा बरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले पुस्तकको समिक्षा गरेका थीए । स्व. भवानी घिमिरेको दोस्रो पुस्ता साहित्यमा आउनु सुखद रहेको बतॉंउदै रबि नपुग्ने ठॉंउमा कवि पुग्ने तर परिपक्क भएर साहित्यमा आए सधैं रहन सक्ने हुनाले परिपक्क रहिरहन आग्रह गरे । पुस्तकमा धेरै प्रश्नहरु मीलेर प्रश्नै प्रश्नको पहाड बनेको छ उनले थपे ।

0079B05E-DF9D-4DBE-BC74-824DB18073C3-300x225 महत्ता घिमिरे चापागाइको ‘प्रश्नै प्रश्नको पहाड’ पुस्तक बिमोचन ।

प्रमुख अतिथीको रुपमा मन्तब्य दिदैं गंगा प्रसाद उप्रेतीले स्व. भवानी घिमिरेको घरमा छोरिको रुपमा जन्मन पाउनु शौभाग्य रहेको र त्यसैको छत्र छॉंयाले गर्दा साहित्यले जन्म लिनु खुसीको कुरा रहेको बताए । बिदेशमा रहेर नेपालीहरु नेपाली भाषा साहित्य जगेर्नामा लागीरहेको र अष्ट्रेलियाको क्यानबेरामा पनि साहित्य जगेर्नाका कुरा सुन्न पॉंउदा खुसी ब्यक्त गरे । यो पुस्तक साहित्यको थालनि हो र यसमा निरन्तरताको शुभकामना ब्यक्त गर्दछु उनले भने । भवानी घिमिरेको साहित्य अभाव छोरिहरुले पुरा गर्ने प्रयास गरेकोमा आफु खुसी रहेको कुरा ब्यक्त गरे ।

0079B05E-DF9D-4DBE-BC74-824DB18073C3-300x225 महत्ता घिमिरे चापागाइको ‘प्रश्नै प्रश्नको पहाड’ पुस्तक बिमोचन ।

प्रश्नै प्रश्नको पहाड पुस्तकको लेखिका महत्ता घिमिरे चापागाइले आफनो साहित्यिक बुवा डा रामप्रसाद ज्ञवाली रहेको बताउदैं आफनो बुवा भवानी घिमिरेले साहित्यको निम चोब्न सिकाउनु भएको बताइन । बुवाको निधन पछि केहि समय म सुस्ताए पनि हाल अष्ट्रेलियामा साहित्यिक साथीहरुको घच्घच्यावटले गर्दा फेरि लेख्ने प्रयास सुरु गरेको कुरा बताइन । पुस्तक भीत्रको प्रश्नै प्रश्नको पहाड कविता सहित अन्य ३ कविता बाचन गर्दै पुस्तक प्रकाशन गर्न सहयोगी सबैलाइ धन्यवाद दिइन । 

0079B05E-DF9D-4DBE-BC74-824DB18073C3-300x225 महत्ता घिमिरे चापागाइको ‘प्रश्नै प्रश्नको पहाड’ पुस्तक बिमोचन ।

कार्यक्रममा बिभिन्न साहित्यकारहरु, बरिष्ठ पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पारिवारिक ब्यक्तिहरुको उपस्थिति रहेको थीयो ।

0079B05E-DF9D-4DBE-BC74-824DB18073C3-300x225 महत्ता घिमिरे चापागाइको ‘प्रश्नै प्रश्नको पहाड’ पुस्तक बिमोचन ।

Total Page Visits: - Today Page Visits:
Shares