बिनायक अधिकारी :- क्यानबेरामा पहिलो प्लेट युवा लक्षित डान्स पार्टि भएको छ । दि यात्री इभेन्ट्सले क्रिसमस र अंग्रेजी नयॉं बर्षको अवसर पारेर क्यानबेराका नेपाली युवा युवतीलाइ नचाएको हो । बिदेशी तालमा नाच्छ क्यानबेरा नामक पार्टिलाइ हिमालयन बिजनेस ग्रुपले मुख्य प्रायोजन गरेको थीयो । हिमालयन ग्रुप र नेपालयलाइ आयोजकले मॉंयाको चिनो प्रदान गरेका थीए ।

08766A35-7663-46DC-A1E8-5E0F35BE9ECD-1024x684 दि यात्री इभेन्ट्सले नचायो क्यानबेराका युवा युवती ।

अष्ट्रेलियाकै बिभिन्न शहरका डिजेहरुको सहभागीता रहेको डान्स पार्टिमा डिजे नट्केस सिड्नी, डिजे प्रास्ता र डिजे ज्याक मेलबर्न बाट रहेका थीए भने क्यानबेराकै दुइजना यूवतिहरुले यूवाहरु नचाएका थीए । हामीले सेच्जस्तै भयो, सबैजना आएर रमाइलो गर्नुभयो यस्तो गर्दा हामीलाइ भोलिका दिनमा पनि कार्यक्रम गर्ने हौसला मीलेको छ आयोजक सदस्य सागर पौडेलले बताए ।

08766A35-7663-46DC-A1E8-5E0F35BE9ECD-1024x684 दि यात्री इभेन्ट्सले नचायो क्यानबेराका युवा युवती ।

कार्यक्रम 8 Dec 2018 सनिवारका दिन,  Baltazar Night Club level 4, 17 London Circuit Canberra मा सॉंझ 8:30 बाट हुने भनिएता पनि केहि ढिलो सुरु भएको कार्यक्रममा युवा युवतीलाइ डिजेहरुले धित मरुन्जेल नचाएका थीए । यस कार्यक्रमको अफिसीयल इभेन्ट्स पार्टनर नेपालय इभेन्ट्स रहेको थीयो भने सहयोगी संस्थाहरुमा वेभटेक सलुसन, इपी माइग्रेसन अष्ट्रेलिया, डिएम लिगल, बेष्ट चोइस ट्राभल, गोल्डन स्पोन क्याफे, वेसीस एजुकेसन, ओरनपर्क टाउन क्याफे, पिक्सर एजुकेशन कन्सल्टेन्सी, भरिया ग्रुप, दएअरपिक्सल र इएन मीडिया पार्टनर रहेका थीए । 

08766A35-7663-46DC-A1E8-5E0F35BE9ECD-1024x684 दि यात्री इभेन्ट्सले नचायो क्यानबेराका युवा युवती ।

यात्री इभेन्ट्सको अवको प्रस्तुती जात्रै जात्रा चलचित्र रहेको छ ।

08766A35-7663-46DC-A1E8-5E0F35BE9ECD-1024x684 दि यात्री इभेन्ट्सले नचायो क्यानबेराका युवा युवती ।

फोटो : अनुप शाक्य (दिएअर पिक्सल)

Total Page Visits: 1838 - Today Page Visits: 1
Shares