नेपाल आइडल सिजन–२ को उपाधि सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका रवि ओडले जितेका छन्। अन्य तीन प्रतिस्पर्धीलाई भोटिङको आधारमा पछि पार्दै रविले उपाधि जितेका हुन्।

‘माया जाउला रेलैमा’ बोलको गीत गाएर धनगढी अडिसनमा जजको मन जित्दै छनौट भएका रवि अन्ततः देश विदेशमा रहेका नेपालीको मत जित्दै नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका हुन्।

को हुन रवि ?


कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा २०५४ साल चैतमा जन्मेका रवि आमा बुवाका तेस्रो सन्तान हुन्। उनका बुवा राजेन्द्र ओड हुन् भने आमा उमा ओड।

मुख्य आयश्रोत र रोजिरोटीको आधार भारतको ‘वाचम्यान’ को जिन्दगी बाँचिरहेका उनका बाजे र बुवा अछामबाट बसाइ सरेर कञ्चनपुर गएका थिए। उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो जुन हाल साँफेबगर नगरपालिकामा पर्छ।

rabi_Odd3 बधाइ रवि ओड : दोस्रो नेपाल आइडल

गरिवीको जिन्दगीले पिल्सिएका रविका हजुरबुवा अहिले पनि भारतमा ‘वाचम्यान’को काम गरिरहेका छन्। सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगीतमा लागेका थिए।

नेपाल आइडलमा आउनुपछि उनी विभिन्न स्थानीय स्तरका प्रतियोगितामा सहभागी हुँदै धनगढीमा दोहोरी साँझमा गाउने गर्थे। आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चारमा पुगेपछि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडको चर्चा सर्वत्र चुलिएको थियो।

आर्थिक रुपमा विपन्न, त्यसमा पनि दलित समुदाय र त्यही अभावमा हुर्केर सुदूर पश्चिमलाई चिनाउन सफल रविलाई जिताउन देश विदेशका समर्थनले रवि ओड जिताउँ अभियान नै सञ्चालन गरेका थिए।

देउडा विद्यामा पोख्त सुदूरपश्चिममा आधुनिक र पप विद्याका गीतहरु गाउन सक्ने रविको स्वःसाधनाबाट सवै प्रभावित भएका थिए।

‘हिलोमा फूलेको कमल’


रविलाई धेरैले हिलोमा फूलेको कमलको संज्ञा दिएका छन्। श्रोत साधनको अभावकै विचमा उनको संगीत साधनाले सफलता प्राप्त गरेपछि धेरैले उनलाई यस्तो भन्ने गरेका हुन्।

उनले अहिलेसम्म संगीतको कुनै औपचारिक पढाइ पनि गरेका छैनन्।

‘२०७० सालमा म्यादी बनेका थिए रवि’


नेपाल आइडल सिजन–२ को विजेता बनेका रविको कहानी रोचक छ। उनले भोगेको दुख र गरेको संघर्षले बताउँछ कि उनी एकदिन सफलताको शिखरमा अवश्य पुग्नेछन्।

उनी जीविकोपार्जन गर्न र घर खर्च चलाउन २०७० सालको चुनावमा म्यादी प्रहरीमा भर्ना भएका थिए।

सानै छँदा गुन्गुनाएको सुनेर आमाले मेरो छोरो एकदिन ठूलो कलाकार बन्छ होला भनेर सोचेकी थिइन्।

यतिबेला छोराको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन्। यदि हुँदी हुन् त, आज रविको सफलतामा सबैभन्दा बढी खुसी उनै हुनेथिइन्। परदेशमा रहेका बुवाको खुसीको सिमा नै छैन। देश संचारमा समाचार छ ।

Total Page Visits: 1329 - Today Page Visits: 1
Shares