काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले शनिबारदेखि सुरु भएको महासमिति भेलामा धर्मको कुरा उठाएका छन् । उद्घाटन शत्रका क्रममा बोल्दै महामन्त्री कोइरालाले नेपालको परम्परामा प्रहार भइरहेकोले अब हिन्दु, बौद्ध र किरात धर्मको संरक्षणमा लाग्नुपर्ने बताए ।
उनले धर्मान्तरणको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । डा कोइरालाले पार्टीको हितभन्दा नेताहरुको स्वार्थमाथि हुन नसक्ने भन्दै महासमिति बैठकमा पार्टी र नेतृत्वको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताए ।
![[Tags] 32929384_1680809805365675_5104059359843844096_n कॉंग्रेसमा धर्मका कुरा : फर्केला हिन्दु राष्ट्र ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/32929384_1680809805365675_5104059359843844096_n.jpg?resize=540%2C540&ssl=1)
उनले महासमिति नीति निर्माण गर्ने थलो र आगामी यात्रा तय गर्ने ठाउँ भएकोले यो बेलामा सबै कुराको समीक्षा हुनुपर्ने बताएका छन् ।
महामन्त्री कोइरालाले संसारबाट विस्थापित भइरहेको कम्युनिष्टले नेपालमा सरकार चलाएको भन्दै आश्चर्यसमेत व्यक्त गरेका छन् । केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारमा नारी अस्मिता सुरक्षित नभइरहेको र सरकारमा बसेकाहरू भ्रष्टाचारमा डुबेको उनको आरोप छ । हाम्राकुरामा खवर छ ।
![[Tags] 32929384_1680809805365675_5104059359843844096_n कॉंग्रेसमा धर्मका कुरा : फर्केला हिन्दु राष्ट्र ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/D189BD9E-C7BD-43BA-A861-7B10F2F07462.jpeg?resize=640%2C363&ssl=1)