बच्चाको रोग प्रतिरोधात्मक क्षमता बढाउन जन्मको एक घण्टाभित्र उसलाई आमाको दूध खुवाउनुपर्छ। भरसक दुई वर्षसम्म स्तनपान गराउँदा राम्रो हुन्छ। आमाको दूधले बच्चालाई विभिन्न संक्रमण र रोगबाट जोगाउँछ। आमाको दूधबाट विभिन्न पोषक तत्व बच्चाले पाउँछ।
–जन्मेको छ महिनापछि आमाको दूधसँगै बच्चालाई ठोस आहारको आवश्यकता पर्छ। उचित मात्रामा भिटामिन, खनिज पदार्थसँगै प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट पाएमा बच्चाको सही शारीरिक र मानसिक विकास हुन्छ।
–बच्चालाई बोसोरहित खाना खुवाउनुपर्छ। दूध, दही, कम क्यालोरी भएका दुग्धपदार्थ खुवाउनुपर्छ।
–बच्चाको आहारमा आइरन अति आवश्यक छ। आइरनले बच्चाको मस्तिष्कको सही विकासमा सहयोग पु¥याउँछ। क्याल्सियमले हड्डी बलियो बनाउँछ।
–अत्यधिक गुलियो पदार्थ बच्चालाई दिनु हुँदैन। चिसो पेय पदार्थले उसको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ। अत्यधिक नुनिलो र मसलायुक्त खाना पनि बच्चालाई दिनु हुँदैन। सम्पूर्ण साप्ताहिकवाट ।