महेन्द्र जी सी


भनिन्छ यस पृथ्वी मा मानिस सबै भन्दा चेतनशील प्राणी हो । यस धर्ति मा जति पनि अस्वाभाविक परिबर्तन हरु भएका छन् तेस को श्रेय मानब जाति लाइ नै जाने गर्दछ । हामीले यस परिबर्तन लाई आफ्नो अनुकुल सुहाउदो नाम पनि दिएका छौ – ‘ बिकाश’ । आफ्नो बुद्धि र बिबेक प्रयोग गरेर मानिस ले जति पनि बिकाश गर्दै गयो, त्यो सबै मानब जाति को हित को लागि मात्रै सिमित भयो । मानिस बढी स्वार्थी हुदै पनि गयो । प्रकृति ले अमुल्य बरदान स्वरुप दियका असिमित स्रोत र साधन हरु को अनियन्त्रित रुप मा आफु अनुकुल प्रयोग, उपयोग र कब्जा गर्दै गयो । आफु र आफ्नो सन्तति को लागि आज मात्रै नभयर भोलि को लागि पनि संचित गर्दै गयो । कालान्तर मा यो संस्कार को रुप मा बिकशित भएर आयो । त्यसैले एउटै धर्ति मा पनि कोहि आफुलाई चाहिने भन्दा बढी संचय गरेर राखेका छन् भने कोहि भोक भोकै मर्न बाध्य छन् । भनिन्छ नि, संसार मा दुइ प्रतिशत कथित धनाढ्य हरु को कारणले गर्दा बाकी ९८% मानिस हरु को जिबन अफ्ठ्यारो मा परको छ । बिबेकी हुँदा हुँदै पनि मान्छे ले आफू ले कब्जा गरेको प्राकृतिक स्रोत र साधनहरु बाडेर वा दिएर जानु भन्दा छोडेरै मर्नु उत्तम ठान्दछ ।
प्रकृति आफै एक नियम हो । प्राकृतिक स्रोत र साधन हरु आफ्नै नियम मा चलिरहेका हुन्छन । मानिस मा भएको बिबेक ले नै मानिस लाई घमण्डी, लोभी, स्वार्थी र महत्वाकॉंक्षी बनाएको छ । मानिस मात्रै तेस्तो जीव हो जसले प्राकृतिक नियम लाई नजरअन्दाज गर्दै आएको छ । अरु जीवजन्तु को भाग मा परेको जन्मसिद्ध अधिकार खोस्दै आएको छ । मानिस ले कब्जा नगरेको ठाउँ कहाँ नै बाँकि होला र अब? बनजंगल, जलस्रोत, बायूमन्डल अरु ग्रह र उपग्रह पनि । अब मान्छे को लालच को केहि सीमा रहेन । आफु बसेको पृथ्वीलाई नै सुन्दर बनाउनु त कता हो कता, अरु ग्रह तथा उपग्रह हरु लाई समेत कसरि प्रदुषित बनाउने भन्ने दाउपेच मा लागिपरेका छन् ।

मान्नुहोस या नमान्नुहोस यस पृथ्वी मा रहेका हरेक जीव, जन्तु, बनस्पति या निर्जीव बस्तुहरु एक अर्काका परिपुरक हुन् । यस पृथ्वी लाई सन्तुलित राख्न सबै को उत्तिकै महत्वपुर्ण योगदान रहेको हुन्छ । हावा, पानि, खाना, ताप, प्रकाश, बनजंगल, ढुंगा, माटो हाम्रो लागि उत्तिकै महत्वपुर्ण छन् । यिनिहरुबिना हाम्रो जीवन असंभव छ । मानौं यो पृथ्वी मान्छे को लागि मात्रै हो भनेझैं गरेर मान्छे ले श्रोत र साधनहरु लाई तोडमोड गर्दै र अन्धाधुन्ध उपयोग गर्दै आएको छ । बिकाश को नाम मा अनगिन्ति आविस्कारहरु पनि भएका छन् । त्यसमध्ये कैयन अविस्कारहरु मानिस लगायत यस धर्तीकै लागि पनि अत्यन्तै घातक मानिन्छन ।

म बिकाश को बिरोधि होइन । बिकाश को नाम मा प्रकृतिले भोग्नुपरको अपुर्णिय क्षति को बिरोधि मात्रै हुं । बिकाश को नाम मा भयका सकारात्मक परिबर्तन हरुको पक्षधारी पनि हुं । बिकाश संगसंगै हामीहरु मा असिमित चाहनाहरु पनि बिकसित भएका हुन्छन । असिमित चाहनाहरु ले असिमित अपेक्षाहरु र असिमित अपेक्षाहरुलेनै असिमित दुखहरु निम्त्याएका हुन्छन । मैले भन्न खोजेको कुरा के हो भने मान्छे को बुद्दि र बिबेक बिना बिकाश सम्भव छैन तर हामीले गरेको बिकाशको दुरगामी असर हामी, हाम्रो आगामी पुस्ता, र यो धर्ति मा रहेका अरु जीव, जन्तु या बनस्पति कोहि वा कसैलाई पर्नु पनि भएन भन्न मात्रै खोजेको हुं ।
प्रकृतिका हरेक अंशहरुले प्रकृतिको नियम पालना गरेका हुन्छन । प्रकृतिबाट मानिसले अनगिन्ती जीवनोपयोगी मार्गदर्शन पाउन सक्दछ । यदि मानिसले आफुलाई जस्तै प्रकृतिका हरेक अंशहरुलाई सम्मान र माया गर्ने हो भने मात्रै यस धर्ति मा उसको अस्तित्वो सम्भव रहन सक्दछ, अन्यथा यस धर्तिमा कालान्तरमा मानिस को अस्तित्वो नै मेटिनपनि सक्दछ । यसो घोत्लिएर सोच्ने हो भने प्रकृतिका हरेक अंशहरुले मानिसहरुलाई सहयोग र समर्थन गरेको पनि देखिन्छ । प्रकृति ले ब्यक्त गर्न सक्दैन तर मान्छे ले प्रकृति ले ब्यक्त गर्नखोजेको कुरा बुझ्नु जरुरि हुन्छ । मानवले जीवन जिउने क्रममा केहि असहज भयको महसुश गरेमा वरिपरी रहेका बोट बिरुवा हरु मात्रै बाट पनि धेरै ठुलो प्रेरणा र जीवन जिउनु का अधारहरु फेला पार्न सक्दछ । मान्छेलाई दिक्दारी लागेको अवस्था मा एकान्त चाहिन्छ । वास्तव मा त्यो एकान्त होइन मात्र प्रकृतिको साथ जसले मान्छेलाई चुस्त, दुरुस्त र फुर्तिलो बनाउन मद्दत गर्दछ, उदहारण को लागि हामी लाई केहि काम गर्दै जाँदा असफलता मिल्यो भने अरु केहि पनि गर्न जाँगर नै चल्दैन । मलाई पनि एकपटक तेस्तै भएको थियो । त्यसपछि एकान्त खोज्दै घरबाहिर रहेको भर्खरै पालुवा हाल्दै गरको एउटा बृक्ष मुनि पुगे l जुन बृक्ष लाई मैले बर्षौं देखि देख्दै आएको थिएँ । म थकित र निराश मुद्रा मा त्यो रुख लाई उत्तानो परेर सुत्दै हेर्न थालें – बर्षौं देखि त्यो रुख जहाँ को तेही थियो । हिउँद, बर्षा, सरद, गृष्म हरेक मौसम मा छाती फुलाएर एकै ठाउँ मा अडिक भएर उभिराखेको हुन्थ्यो । त्यो रुख ले हावा, हुरी, असिना, पानि, तुषारो, चिसो, तातो सबै बेहोरेको छ । कहिले पुरै पात झरेर उजाड छ त कहिले पुरै रुखमा पातहरुले भरिएर सुन्दर देखियको छ । कहिले पालुवा हालेर कल्कलाउदो देखियको छ त कहिले हावाहुरी ले हाँगाबींगा चोइटाइदियर घाइते भएको छ । घाइते भैहाले पनि सहेरै बसेको छ । उपचार को लागि कसैको अपेक्ष्या पनि गरेको पनि छैन । जस्तो सुकै अवस्था बेहोर्नुपरेपनी फुल्ने बेला मा फुलेकै छ । फल दिने बेलामा फल पनि दिएकै छ । आफु ले दिएको फल पनि सबैले खाउन भन्छ । मानव, जीव, जन्तु सबैको भोक पनि मेटाएकै छ र अन्त्य मा बाँकि रहेको फल लाई तिनै जीव, जन्तु र बनस्पती को लागि भनेर बिज बनाएर उर्बर धर्ति मा फ्याकीदिएको पनि छ । सबै भन्दा महत्वपुर्ण कुरा हामी बाच्न को लागि चाहिने अत्याबस्यक अक्सिजन रुख बिरुवाले नै दिएको छ । बास्तवमा रुख बिरुवा बिना हाम्रो जीवन सम्भव नै छैन तर हामी बिना रुख बिरुवाको जीवन अबस्यपनि सम्भव छ । यी सबै कुरा हरु सोच्दै गर्दा – जस्तो सुकै परिस्थिति मा पनि धैर्य धारण गर्नु, आफ्नो काम गर्दै जानु र फल को आशा नगर्नु, आफ्नो लागि भन्दा पनि अरु को लागि बाच्नु, समय र परिस्थिति अनुरुप आफु लाई प्रस्तुत गर्दै जानु भन्ने जस्ता जीवनोपयोगी मार्गदर्शन मात्र एउटा बृक्ष बाट लिन सफल भएको मा आफैलाई गौरवशाली ठान्दछु । यो त एउटा उदाहरण मात्रै हो, यस्ता उदहारण हरु हाम्रा वरिपरी अनगन्ती भेटिन पनि सक्दछन ।

बास्तवमा जीव, जन्तु र बनस्पति ले आफ्नो अस्तित्व कायम गर्न एक अर्कालाई आफु अनुकुल प्रयोग गर्ने गर्दछन र आफ्नो वृद्धि, बिकाश र बिस्तार पनि गर्दै आएका छन् । साकाहारी, मांसाहारी, सर्वभक्षी र परजीबी प्राणीहरु यसका केहि ज्वलन्त उदहारणहरु पनि हुन सक्दछन । रुख बिरुवाहरुले आफ्नो वृद्धि, बिकाश र बिस्तार नगरेको भए घना जंगलहरु पनि हुनेथिएनन् होला । तेस्तैगरि मानिसले आफ्नो वृद्धि, बिकाश र बिस्तार नगरेको भए घर, गाउँ हुदै ठुल्ठुला शहरहरुको पनि सम्भावना थिएन होला । तेसैले त आफ्नो बिस्तार गर्नु सजिब हुनुको एउटा बिशेषता पनि हो । त्यस्तो भन्दै गर्दा, सारांस मा भन्न खोजेको कुरा के हो भने हामी बिबेकशील प्राणी हुनुको नाताले, प्रकृतिले हामीलाई उपहार स्वरूप प्रदान गरेका हरेक अंशहरुको अस्तित्वको आफूसरह सम्मान गर्नुनै बिबेकशील मानवको प्रमुख धर्म हो ।

  • महेन्द्र जी. सी.

Total Page Visits: 4677 - Today Page Visits: 1
Shares