काठमाडौं। वाईडबडी बिमान खरिदमा अनियमितता भएको ठहर लेखा समिति अन्तर्गतको उपसमितिले गरेको छ। समितिले पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत तीन सचिवलाई कारवाही सिफारिस गरेको छ। 

त्यसैगरि पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारवाही सिफारिस भएको छ । तीन सचिवमा कृष्णप्रसाद देवकोटा, प्रेम राई र शंकर अधिकारी रहेका छन्। देवकोटा बहालवाला पर्यटन सचिव हुन् भने राई र अधिकारी तत्कालिन पर्यटन सचिव हुन्। 

विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भए पनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ ।

वाइड वडीमा भएको अनियमिता छानबिन गर्न सार्वजनिक लेखा समितिले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा सात सदस्यीय छानबिन उपसमितिले गठन गरेको थियो ।

उपसमितिले तयार पारेको प्रतिवेदन बुधबार(भोलि) ११ बजे बस्ने लेखा समितिको बैठक पेश गर्नेछ ।एक सदस्यका अनुसार करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको छ ।

विमान निर्माता कम्पनीसँग विमान गरिद गर्दा लिइएको बिल पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमले समितिमा पेश नगरेकाले अझै भ्रष्टाचार भएको रकम बढ्न सक्ने संभावना रहेको समितीका सदस्यले जानकारी दिएका छन्। हाम्राकुरामा खवर छ ।

Total Page Visits: 1140 - Today Page Visits: 1
Shares