गजल यात्रा टेक्सास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डालस र गजल यात्रा टेक्सास को संयुक्त आयोजनामा यहि जनवरी २६ देखि २७ सम्म अमेरिकाको डालस मा गजल उत्सब २ सम्पन्न भएको छ ।

अर्भिंगस्थित नेपाली मन्दिरमा आयोजना भएको सो गजलमय कार्यक्रममा अमेरिकाका ६ वटा राज्यका १२ वटा शहरहरुबाट आएका २४गजलकारहरुले आआफ्नो तीन तीन वटा गजल वाचन गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा करीब छ घण्टा सम्म लगातार गजल प्रस्तुत् गरिएको थियो जन्हा गजल गायन समेत समाबेश थियो ।


2190AA92-9CEE-4D3A-AFC2-A19F3B30A671-1024x768 अमेरिकाको डालसमा गजल उत्सब ।
गजल उत्सबका सहभागीहरु।

दोश्रो दिनको कार्यक्रममा भने डायस्पोरामा नेपाली गजल लेखनको सम्भावना, चुनौती र विकास बिषयमा छलफल सहितको कार्यशाला आयोजना गरिएको थियो ।

आगन्तुक पाहुना, गजलकारहरु तथा गजल प्रेमीहरुलाई गजल उत्सव-२ का संयोजक पवन लामिछानेले स्वागत गर्नु भएको थियो गजल यात्राका अभियन्ता बासु पुस्पा अधिकारीले गजल यात्राका गतिबिधि एबम केहि समय पहिले गरिएको अनलाइन गजल प्रतियोगिताको नतिजा सुनाउनु भएको थियो । अनेसास डालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले सुभचिन्तक, प्रायोजक एबम सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


अमेरिकाको पूर्वमा म्यासाच्युसेट्स देखि पश्चिममा कोलोराडोसम्मबाट आउनु भएका लगायत डालसका गजलकारहरु राधाकृष्ण काफ्ले (डालस), पुजा वागिस (डालस), किरण मानिके (एट्लाण्टा), पदम बिस्वकर्मा (कोलोराडो), बासु पुस्पा अधिकारी (डालस), शेरु उदास (एट्लाण्टा), भुपेन्द्र महत (कोलोराडो), कृष्ण कुसुम (न्यु जर्सी), पवन लामिछाने (डालस), डिल्लु चम्लागाई (ओहायो), सरु काली (डेण्टन,) ,गोवर्द्धन पुजा (बोस्टन), नेत्र प्रसाद आचार्य (डालस), सतिश त्रिपाठी (ह्युस्टन), सुरेश वाग्ले (बोस्टन), दिपेन ढुंगाना (डालस), बिटु केसी (ह्युस्टन), नरेस गौतम (ओहायो), आनन्द मोहन खनाल (डालस), खेमराज गैराघरे (डालस) अमृत लामिछाने (ह्युस्टन)यदुनाथ अधिकारी (डालस), इश्वरी कार्की (वर्षावे)को हुनुहुन्थ्यो ।
मिठो स्वरका धनी डालसका केशव पौडेल, भिम चापागाईं र सबिन दंगाल रह्युस्टनका बिलोल पोखरेले पनि गजल गायन गर्नु भएको थियो ।
कार्यक्रम सम्पन्न गर्न लभ एण्ड सपोर्ट फाउन्डेसन, आमा फाउन्डेसन, कार्की सिपीए, खरेल इन्सुरेन्स एजेन्सी, डिएफ़डब्लु येति होम्स, बोधी क्रियसन, एभरेस्ट एसियन मार्ट, न्यु योर्क लाइफ, फिस्टेल रेस्टुरेन्ट, माइ इलाइट्स लगायतले प्रायोजन एबम सहयोग गर्नु भएको थियो ।  कार्यक्रम संचालन अनेसास डालस च्याप्टरका महासचिव सुमन काजीले गरेका थिए ।

Total Page Visits: 1562 - Today Page Visits: 1
Shares