बिनायक अधिकारी ; क्यानबेरा :-
एक पटकको नेपाली संधैं नेपाली भने जस्तै हामी जहॉं गए पनि आफनो संस्कार, संस्कृति र परम्परा बिर्सन सक्दैनौं । हामी देश छोडेर गएपनि देशको मॉंयाले घच्घच्याइ रहन्छ, खानेकुराले संझाइरहन्छ र संस्कृतिले बल्झाइरहन्छ त्यसैले त हामी जहॉं रहे पनि जहॉं गए पनि हाम्रो तन, मन र घन नेपालमै हुन्छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि यसैगरि बिभिन्न कार्यक्रम मार्फत आफनो देशको कला संस्कृति, भेष भुषा र खानाहरुलाइ यहॉं प्रदर्शन गरिरहेका छन् । यस्ता कार्यक्रमहरु सिड्नी, मेलबर्न र ब्रिसबेनमा भइरहेका भएपनि हावार्टमा भने पहिलोपटक नेपाली फेयर हुदै छ ।
नेपाली सोसाइटि अफ तास्मानिया र एभरेष्ट म्यागेजिनको संयुक्त प्रयासमा हुन लागेको नेपाली फेयरमा नेपाली, नेपाली भाषा संस्कृति र खानालाइ चिनाउने उद्धेश्यका साथ गर्न लागेको कुरा आयोजक पुनम पन्तले बताइन ।
नेपाली फेयर सालामान्का स्थित पार्लियामेन्ट स्क्वायरबाट नेपाली बाजा गाँजा सहित मोरिसन, फ्रांक्लिन हुदै होबार्ट ब्रुअरिको प्रॉंगडमा गएर टुंगीनेकुरा आयोजकले जानकारि दिए ।
मेलामा नेपाली खाना, सांस्कृतिक भेषभुषा, नेपाल चिनाउने सामाग्रीहरु र सांस्कृतिक प्रस्तुतिहरु हुने छन् ।