बिनायक अधिकारी : १७ फेब्रुवरि २०१९
मैं छोरि सुन्दरी, जुन त लाग्यो ताराले र यो मनले के भन्छ जस्ता चर्चित गीतहरुमा स्वर दिइसकेकी बाल गायीका आयुष्का खनियाले हालै देश प्रेमको भरिएको गीत देश भीत्र रहेनी बजारमा ल्याएकी छन ।
![[Tags] ED3CEC3B-562B-4B44-883C-8B728DE24E17-1024x576 बिदेशवाट देश खोज्दै आयुष्का](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/02/ED3CEC3B-562B-4B44-883C-8B728DE24E17.png?resize=640%2C360&ssl=1)
देश भीत्र रहेपनि बाहिर रहेपनि देशको मॉंयामा कुनै कमी हुदैन भन्ने सन्देश गीतले दिएको छ । देशलाइ मॉंया गर्न कुनै पर्खालले नछेक्ने कुरा गीतमा देख्न सकिनेछ । हिमाल पहाड तराइ जहॉं रहेपनि र जुन जात भएपनि नेपाल र नेपाली मात्रै मनमा राख्न गीतले सन्देश दिएको छ । रेडीयो अडीयो १०६.३ ले प्रस्तुत गरेको गीत बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले लेखेका हुन भने गैह्रे सुरेशले संगीत दिएका छन् । उदयराज पौडेलले एरोन्जर रहेको गीत सन्तोष पौडेलले निर्देशन गरेका हुन । गीत गायीकाको आफनै यूट्यूब चानलवाट रिलिज गरिएको छ ।