श्रीभक्त पौडेल “आफन्त”

ऊ गएपछी उसैको, जयजयकार भयो
हिजो सम्मका गलफत्ती,त बेकार भयो!!

त्यो कानुनको किताब, बन्दी थियो क्यारे
आखिर चोर नै पुलिशको, दाबेदार भयो!!

चिन्थेन पोहोर सम्म, देशले’नि उसलाई
उ नै आज साख्यै, सबैको नातेदार भयो!!

भन्छन् विकल्प छैन, शिंहदरबार नछिरी
राजनिती न हो, प्रतिपक्ष कांडेतार भयो !!

लुक्छन् साधु, सैतानका नगरीहरुमा सधैं
फेरी उही सैतान देशमा, उम्मेदवार भयो!!

लेखक हाल पाइस भाष्को, स्पेन हुनुहुन्छ ।

Total Page Visits: 1293 - Today Page Visits: 1
Shares