न यो शहर, शहर जस्तै लाग्दैछ आज
कर कापमा, जहर जस्तै लाग्दैछ आज !

आखिर किन, बाध्यतामा जिउंछ मान्छे
मौनता भंङ्ग, कहर जस्तै लाग्दैछ आज !

अबोध् सपना, टुक्रिरहेका देख्दा साँच्चै
हरेक यी पल्, प्रहर जस्तै लाग्दैछ आज !

आफ्नै मुस्कान, भेटिदैनन् ति दर्पणहरुमा
खुशी सागरका, लहर जस्तै लाग्दैछ आज !

खुशीछु आफैं, अभिलाषाका खोजीमा

जिन्दगी एक, रहर जस्तै लाग्दैछ आज !!

श्रीभक्त पौडेल “आफन्त”

Total Page Visits: 930 - Today Page Visits: 1
Shares