बिनायक अधिकारी : १७ मार्च २०१९
छोराछोरिहरुलाइ भेटघाट तथा अष्ट्रेलियाको भ्रमणमा आउनुभएका बुवाआमाहरुलाइ बनभोज सहित मनोरन्जन गराउने उद्धेश्यका साथ गरिएको कार्यक्रममा सिड्नी र क्यानबेराका बुवाआमाहरुको भेटघाट पनि हुने भएको छ । एनआरएनए एनएसडब्लु एससिसि र एसीटि एससिसि को संयुक्त रुपमा हुने कार्यक्रमको उद्देश्य बुवाआमाहरुलाइ बिशुद्ध मनोरन्जन गराउनु रहेको कुरा एनआरएनए एनएसडब्लुका सह संयोजक अर्जुन केसीले बताउनुभयो । साथै सोहि बनभोज मेलामा बुवाआमाहरुको निःशुल्क स्वास्थ्य जॉंच हुने कुरा पनि आयोजक समितिले जनाएको छ ।
हिमालयन बिजनेस ग्रुपले एनआरएनए एसीटि बनभोज मेला २०१९ लाइ मुख्य प्रायोजन गरेको छ भने मल्टि डाइनामिक क्यानबेरा, राइट एण्ड एसोसियट, दि मुस्तागं नेपाली रेष्टुरेन्ट र एस एण्ड एस एकाउन्टिंग ले प्रायोजन गरेका छन् ।
एनआरएनए एसीटिले बुवा आमाहरुलाइ जोलि माउन्ट (मुर्रे यातायात बिसौनि) बाट बिहान ७:३० बजे लिएरजाने र सोहि ठॉंउमा बेलुका ७:३० बजे ल्याइदिने जनाएको छ । मार्च ३० गते सनिवार हुने बनभोज मेला एनएसडब्लुको फिजोरि फल्समा हुने भएको छ । हाल आमाबुवाहरुको नाम दर्ता गर्ने काम चलिरहेको छ, क्यानबेरामा हाल बुवा आमाहरुको संख्या उल्लेख्य रुपमा चलिरहेको छ । एनआरएनए एसीटिले केहि जानकारि आवस्यक परेमा एनआरएनए एसीटि कोअर्डीनेटर राजन ढुंगेल, कार्यक्रम ब्यवस्थापक संजय घिमिरे वा एनआरएन एसीटिका अन्य सदस्यहरुसंग सम्पर्क गर्न अनुरोध गरेको छ ।
![[Tags] 0259CBA2-56BB-486A-A1D1-8B57921420A2-717x1024 सिड्नी र क्यानबेराका नेपाली बुवा आमाहरुलाइ संयुक्त बनभोज ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/03/0259CBA2-56BB-486A-A1D1-8B57921420A2.jpeg?resize=640%2C914&ssl=1)