अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
कहाँ बिर्सिन्छ र सुर्यले बिहान उदाउन
कसैगरी बिर्सिदैन उसले साँझ अस्ताउन
जुन तारालाई घुमाउछ आफूसंगै संसार
कंहा दिन्छ र समयलाई उसले सुस्ताउन
कुनै प्राणीहरु हुदैनन् स्थिर प्राण रहेसम्म
कसरी सक्छन् र रातमा मस्त निदाउन
बिचरी भन्दैथिइन् कयौं दू:ख र तपस्या
जति गरेपनि सकिदैन परिवार रिझाउन
रिसाउछन् रे उनि पनि पुरा कुरा नसुनिकन
सक्दिन भन्थिन् घरिघरि उनलाई फकाउन
Total Page Visits: 1285 - Today Page Visits: 1