चितबनका बरिष्ठ साहित्यकार रबिकिरण निर्जीबलाई गोकुल जयन्तीको अबसरमा ‘गण्डकी साहित्य संगम’ पोखरा द्वारा हरेक दुई बर्षमा प्रदान गरिने राष्ट्रीय स्तरको पुरस्कार ‘गण्डकी वाङ्‌मय पुरस्कार’ आज जेष्ठ ८ मा प्रदान गरिएको छ । १५ हजार नगद र संमानपत्र सहितको उक्त पुरस्कार गण्डकी प्रदेशका अग्रज साहित्यकारहरु बिच आज पोखरामा भएको भब्य कार्यक्रम बिच प्रदान गरिएको हो ।

कार्यक्रम को अध्यक्षता ‘गण्डकी साहित्य संगम’ का सभापति डा. कृष्णराज अधिकारीले गर्नु भएको थियो । सम्मान गरिएका लेखकको कृतीत्ब र ब्यक्तित्व बारेमा श्रष्ठा रामराज रेग्मीले प्रकाश पार्नु भएको थियो ।

२००३ सालमा लम्जुङको अलैचे मा जन्मनु भएका साहित्यकार रबिकिरण निर्जीबको पहिलो कृति ‘ नबजीबनको फुलवारी’ २०२३ सालमा प्रकाशित गर्नु भएको थियो । उहाबाट हाल सम्म ११ वटा साहित्यिक कृतीहरु प्रकाशीत भैसकेका छन् भने ६ बटा कृतीहरु प्रकाशोन्मुख अबस्थामा छन् ।

ब्यङ्ग निबन्ध लेखनमा रुची राख्नु हुने साहित्यकार रबिकिरण निर्जीब राष्ट्रीय स्तरको पुरस्कारहरु ‘अस्वीकृत बिचार साहित्य पुरस्कार -२०६१’ , शहिद शिब पौडेल स्मृति पुरस्कार -२०६५ लगायत बिभीन्न सम्मान र पुरस्कार बाट बिभुषित भैसक्नु भएको छ ।

साहित्य र शिक्षण पेशा लाई एक-आपसमा संगसंगै लानु भएका साहित्यकार निर्जीबले प्रधानाध्यापक रुपमा नेपालको बिभीन्न जिल्लाहरु जुम्ला, हुम्ला, धादिङ, नुवाकोट, लम्जुङ र चितबनका कयन् माध्यमिक स्कुलहरुमा अध्यापन गराउनु भयो र हाल निभृत शिक्षकको रुपमा भरतपुर महानगरपालिकाको-१२ को मुनालचोकमा स्थाई रुपमा बसोबास गर्नु हुन्छ ।

Total Page Visits: - Today Page Visits:
Shares