सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिताको र सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबल खेलमा समूह ‘बी’ मा रहेको नेपालले अष्ट्रेलियासंगको खेल क्यानबेरामा खेल्ने भएको छ। यो खवर आउना साथ अष्ट्रेलियाका र बिशेष गरि क्यानबेराका नेपालीहरु उत्साहित भएका छन् । जन्मभूमि र कर्मभूमिको खेल ऑंफै बसेको ठॉंउमा हुदा क्यानबेराका नेपाली खुसी नहुने कुरै भएन ।
अस्ट्रेलिया फुटबलले शुक्रबार जनाएअनुसार नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ (अक्टोबर १०) गते दिनको १ बजे जिआइओ रंगशालामा खेल हुनेछ।
नेपालका लागि अस्ट्रेलिया नयाँ प्रतिद्वन्द्वी हो। पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियन हो। विश्वकप छनोटमा नेपालको यो तेस्रो अवे खेल हुनेछ। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग अवे खेल खेल्न तयारी गरिरहेको छ। दशरथ रंगशाला समयै निर्माण नहुँदा नेपालले होम म्याचलाई अवेको रुपमा खेल्न लागेको छ।
अस्ट्रेलियासँग खेल्ने लगत्तै नेपालले असोज २८ मा अर्को अवे जोर्डनविरुद्ध खेल्नेछ। विश्वकप छनोटको तेस्रो चरणमा पुग्न दोस्रो चरणको छनोट समूहमा कम्तिमा दोस्रो हुनु पर्नेछ।
समूहका ८ विजेता र उत्कृष्ट उपविजेता ४ टिम गरी १२ टिम तेस्रो चरणमा पुग्नेछन्। १२ टिमलाई २ समूहमा विभाजन गरिनेछन्।
छनोटको खेल तालिका
कुवेतविरुद्ध
भदौ १९ गते – अवे म्याच
मसिंर ३ गते – अवे म्याच
चाइनिज ताइपेईविरुद्ध
भदौ २४ गते – अवे म्याच
चैत १३ गते – होम म्याच
अस्ट्रेलियाविरुद्ध
असोज २३ गते – अवे म्याच
चैत १८ गते – होम म्याच
जोर्डनविरुद्ध
असोज २८ गते – अवे म्याच
जेठ २२ गते(२०७७) – होम म्याच