अनिता भण्डारी (पौडेल )
नँयाबानेश्वर ,काठमाडौँ
अनगिन्ति सपनाको माझ एउटा सपना सजाएको छु
त्यही सजाएको सपनाभित्र सानो संसार बनाएको छु
दुंनिया चल्थ्यो चल्छ चलिरहन्छ संधै आफ्नै गतिमा
म पनि आफ्नै दुनियाँ आफ्नै सपना भित्र रमाएको छु
नराम्रो नगरु नराम्रो नसोचु अरुको बारेमा रत्तिभर
सकेसम्म फाल्दीन समय मिहिनेतले कमाएको छु
लर्बराउछन जब मेरा अन्तर्मनका विचार र पाइलाहरु
मलाई साथ दिने, माया गर्ने उनकै हात समाएको छु
नसोच मलाई नराम्रो, गाली नगर मलाई बारम्बार
रिस राग मनमुटाब नहोस् यहि सन्देश पठाएको छु
Total Page Visits: - Today Page Visits: