गजल मुशायरा परिवारले हरेक वर्ष आयोजना गर्ने गजल वाचन, गायन र नृत्यको एउटा सम्पुर्ण कार्यक्रम गजल मुशायरा अष्ट्रेलियाको सिड्नीमा सेप्टेम्वर आठमा आयोजना हुदैछ । सन २०१४ देखी मोती जयन्तीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीबाट शुरु भएको यो कार्यक्रम हालसम्म अष्ट्रेलियाको बिभिन्न शहर र अष्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी दशवटा सफल संस्करणहरु प्रस्तुत भईसकेका छन् ।
गजल मुशायराको यो संस्करणमा नेपालबाट आउनुभएका अग्रज गजलकार ज्ञानुवाकर पौडेल र धनराज गिरीको समेत बिशेष प्रस्तुती रहने कारणले गर्दा यो कार्यक्रम विशेष हुने मुशायरा परिवारको दावी छ । गजल मुशायरा परिवारले एघारौ संस्करणलाई ईनोभेटिभ एसोसिएट्सको सहकार्यमा प्रस्तुत गर्नेछ । गजल मुशायरको यो संस्कारणमा अग्रज गजलकारहरु सहित अष्ट्रेलियाभरिवाट पच्चीस जना गजलकारहरुले गजल वाचन गर्नेछन् भने, गजल गायन र नृत्य समेत प्रस्तुत हुने गजल मुशायरा परिवारका संस्थापक तथा एघारौ संस्करणका संयोजक जितेन्द्र मल्लले जानकारी दिनुभयो ।
मुशायरा परिवारले गजल मुशायरा कार्यक्रमको अलवा अग्रज गजलकारहरुलाई सम्मानका साथै नयाँ सर्जकहरुलाई गजल तथा कविता लेखन सम्वन्धी अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने, मासिक, त्रैमासिक रुपमा साहित्यिक जमघटहरु गर्ने, अनौपचारीक सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ । सिड्नीको पाचौ तथा गजल मुशायराको एघारौ संस्करणमा सहभागी हुन अष्टे«लियाभरि रहेका सर्जकहरुलाई बिभिन्न सामाजिक संजाल मार्फत सहभागीताको लागी आव्हान समेत मुशायरा परिवारले गरेको थियो ।
गजल मुशायरा परिवारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउन स्व स्फुर्त रुपमा आफ्नो प्रचार सामाग्रीहरुमा नेपाल भ्रमण बर्ष २०२० अंकित लोगो समेत समावेश गरेको मुशायरा परिवारका सदस्य ईश्वर पौडेलले वताए । एघारौ संस्करणलाई देश तथा विदेशमा रहेका बिभिन्न संघ संस्था, व्यवसायि तथा बिभिन्न संचारमाध्यमहरुले समेत सहयोग गरेका छन् । मुशायराले आफ्नो अफिसियल फेसबुक पेजमार्फत आफ्नो एघारौ संस्करणलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहनुभएका सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रममा सहभागिता तथा सेप्टेम्वर ८ लाई भव्य वनाईदिनहुन सबैलाई आव्हान समेत गरेको सुरेन्द्र दवाडीले जानकारी दिए ।

810C26CB-F113-4315-9C59-BB8D986B5838-724x1024 फेरि सिड्नि ततॉंउदै “गजल मुशायरा”

Total Page Visits: - Today Page Visits:
Shares