अनिता भण्डारी (पौडेल ) नंयाबानेश्वर , काठमाडौँ
मुक्तक १
संधै हाँसिरहन पाउँ तिम्रै कारणले पनि
उच्चारणले भन्दा असल आचरणले पनि
मनमुटाब नहोस् कसैसंग नआओस लालच
स्फुर्ति जगाओस् मलाई भित्री जागरणले पनी
मुक्तक २
तिमीले के सोचेका हुन्छौ थाहा हुन्न मलाई
भनेको कुराले छुन्छ नभनेकोले छुन्न मलाई
आफ्नै मात्र कुरा बुझ्नुपर्छ झैं गर्छौ सधैभरी
नचाहिदों कुरा भन्छौं भने मन छैन सुन्न मलाई
मुक्तक ३
नसम्झु भन्दा पनि उनैतिर पुग्छ मन
उनकै यादले मलाई सताउछ झन् झन्
ममताको आंचल भित्र सन्तानको खुशी
खाँदा बस्दा सुत्दा याद आउछ हरदम
मुक्तक ४
मन गाँठो पर्दो रहेछ परेलीले आँसु छेकेपछी
होस खुल्दो रहेछ हजुर दलदलमा टेकेपछि
कामले काम सिकाउछ कुराले कुरा सिकाउछ
आँखा खुल्यो रातमा दिउसै सपना देखेपछी