अनिता भण्डारी (पौडेल )
नयाँ बानेश्वर काठमाडौँ

जीवनरेखा फेरियो तिमीलाई भेटेदेखी
नयां नाता केरियो तिमीलाई भेटेदेखी
नारी परिवर्तन हुन समय नलाग्ने रैछ
नटेर्नेलाई टेरियो तिमीलाई भेटेदेखी
बाबुआमासँग रहदा थिएन कुनै चिन्ता
ब्यबहारले घेरियो तिमीलाई भेटेदेखी
मोज मस्ती साथीभाई कत्ति रमाइलो
दू:ख सुख हेरियो तिमीलाई भेटेदेखी
रमाइलो अहिले पनि तिमी साथमा हुँदा
अंगालोमा बेरियो तिमीलाई भेटेदेखी

Total Page Visits: - Today Page Visits:
Shares