सुदीप त्रिपाठी प्रतीक
विस्रवेन २०, अक्टोवर
अस्ट्रेलियाको विस्रवेनमा २० अक्टोवर आईतबार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्ती मनाइएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्वीन्सल्याण्ड च्याप्टरको आयोजनमो क्वीन्सल्याण्ड राज्यको विस्रवेन सहर स्थित ब्यानियो लाईवेरी हलमा अग्रज कवि तथा गीतकार दिनेश अधिकारीको समुपस्थितिमा विशेष काब्यवाचन समेत गरिएको थियो ।
कार्यक्रममा उपस्थित अग्रज साहित्यकार तथा स्रष्टाहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य जगतमा पुर्याउनुभएको योगदान र नेपाली साहित्यलाई अन्तराष्ट्रिय जगतमा चिनाएको महत्वपूर्ण योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अग्रज गीतकार तथा कवि दिनेश अधिकारीले स्रष्टाहरुले अभिव्यक्त गर्ने कुनै पनि सिर्जनाहरु स्वतन्त्र हुनु पर्ने दावी गर्नुभएको थियो । उहााले स्रष्टाहरुलाई कुनै पनि परिबन्ध र घेरामा राख्न नहुने उल्लेख गर्नुभयो सोही अवसरमा अधिकारीले आफना केही कविता र गीत वाचन समेत गर्नुभएको थियो ।
यसअघि कार्यक्रमको सुरुवातमा अनेसास कोषाध्यक्ष मन्दिरा सापकोटाले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कविता वाचन गर्नुभएको थियो ।
![[Tags] 9E79FAD1-FFA7-4443-BC43-E7AF21D9720A अस्ट्रेलियाको विस्रवेनमा ११० औं लक्ष्मी जयन्ती मनाइयो](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/9E79FAD1-FFA7-4443-BC43-E7AF21D9720A.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रममा स्थानिय स्रष्टाहरु, डा. केशव शमा, बुना दाहाल, बुनु गौतम, राजेन्द्र शर्मा, रमेश न्यौपाने, ईशा शर्मा कोइराला ,गिरीराज खनाल, मन्दिरा सापकोटा, मदन चापागाई, सुदीप त्रिपाठी प्रतीक, बसन्त सुवेदी, मोहन राई, रुकुविणी रेग्मी लगायतले आ आफना रचना वाचन गर्नुभएको थियो ।
अनेसास क्वीन्सल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माले अग्रज गीतकार तथा कवि दिनेश अधिकारीको परिचय राख्नुभएको थियो ।
अनेसास क्वीन्सल्याण्ड च्याप्टर सचिव ईशा शर्मा कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मन्दिरा सापकोटाले गर्नुभएको थियो ।
संस्थाले नियमित रुपमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ यस अघि पनि मोतीजयन्तीको अवसरमा विशेष साहित्यीक संवाद तथा काब्य वाचन कार्यक्रम गरेको थियो ।