काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बुधबार केहि मन्त्रीको जिम्मेवार हेरफेर गरिएको छ ।

घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम राेजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने गरी राष्ट्रपति कार्यालयमा नाम पठाइएको स्रोतले जानकारी दियो ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

58A3672F-30C0-4668-90C8-3DA1293B0B85-745x1024 मन्त्री मण्डल पुनर्गठन : को परे नयॉं मन्त्री ।
58A3672F-30C0-4668-90C8-3DA1293B0B85-745x1024 मन्त्री मण्डल पुनर्गठन : को परे नयॉं मन्त्री ।

नागरिकन्यूजमा खवर छ ।

Total Page Visits: 1104 - Today Page Visits: 1
Shares