बिनायक अधिकारी

हामी नेपालीहरु र नेपाल सरकार नेपाल भ्रमण बर्ष २०२० मनाउन भनेर सन्देश बाडीरहेका छौं । भ्रमण बर्ष मनाउनु राम्रो हो, देशलाइ बिश्वमा चिनाउन सक्नु, देशमा भएका प्राकृतिक सम्पदाहरु र पर्यटकिय क्षेत्रका बारेमा जानकारि दिन सक्नु राम्रो कुरा हो । तर यी यावत कुराहरुका बारेमा जानकारि दिदै गर्दा हामीले पर्यटकिय क्षेत्रमा के कस्ता पूर्वाधारहरु निर्माण गर्यों ? पर्यटन बर्ष १९९८ बाँट अहिले सम्म हामीले के सिक्यौ जुन एउटा पर्यटकलाइ अत्यावस्यक पर्छ ?

हामीले जवर्जस्ति पर्यटकलाइ तान्न मात्रै खोजिरहेछौं कि त्यसका लागी उनिहरु एअर्पोर्टमा झरे देखि नफर्कुन्जेल सम्म उनिहरुलाइ सुरक्षित महसुस हुने बातावरण छ कि छैन ? होटल ब्यवस्थापन कस्तो छ ? बाटोमा हिड्दै गर्दा उनिहरु कति सुरक्षित हुन्छन् ? सुरक्षा प्रणाली कस्तो छ ? ट्रेकिगं जॉंदा कस्तो अवस्था छ ? हामीले हाम्रा पर्यटकिय क्षेत्रमा के कस्ता पूर्वाधार निर्माण गरेका छौं ? मुख्य कुरा पर्यटकहरु नेपाल आएर के चाहन्छन् र हामीले कस्तो भूमिका निर्बाह गरिरहेका छौं भन्ने कुरा हो ।

हौवाका भरमा नेपाल भ्रमण बर्ष भनेर मात्रै हुदैन त्यसका लागी तल देखि माथिसम्मको ब्यवस्थापन चुस्त हुन जरुरि छ । यतिबेला मन्त्री देखि सचिव हुदै सरकारी कर्मचारिको बिदेश धाँउने लर्को छ यतिबेला । पर्यटन मंत्री आफै अष्ट्रेलिया हुनुहुन्छ । अष्ट्रेलिया आफैं जलेर रोइरहेको अवस्थामा सिड्निबाट पर्यटन बर्षको सन्देश बॉंड्दा कति सकारात्मक सन्देश जाला ? के यो सिड्निको तामधाम यतिबेलै गर्न जरुरि थियो कि अष्ट्रेलिया बौरेपछि केहि समय पछि सारेर पनि गर्न सकिन्थ्यो ? बुझ्नै पर्ने कुरा चॉंहि के हो भने बिदेशीहरुलाइ सन्देश बाड्ने हो तर सन्देश बाड्नकै लागी बिदेश धाउने कि देशमै बसेर वातावरण बनाउने ? सन्देश बाड्न बिदेशमा जानुपर्ने हामीले त्यस्तो के गरेका छौं ?

हामीले राम्रो सन्देश दिन सक्यौं भने हामीले बिज्ञापन गर्ने पर्दैन बिज्ञापन ऑंफै ऑंउछ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल घुम्नका लागि पहिलो गन्तव्य भएको सन्देश बिश्वभरि फैलिएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले पनि घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो भएको भन्दै चर्चा गरेको हो । यस्तै अन्य ब्लग, अनलाइन र पत्र पत्रिकाले पनि यस्तै सन्देश दिइरहेका छन् ।

यि भए राम्रा कुराहरु । नेपाल आउने सबै पर्यटकहरुले नेपालको राम्रो सन्देश मात्रै दिइरहेका छैनन् । थुप्रै नकारात्मक कुराहरु पनि बिभिन्न सोसियल मिडिया सहित यूट्यूब च्यानलहरुमा छन् । त्यस्ता नकारात्मक कुराहरुलाइ कसरि परिवर्तन गर्ने र पर्यटकलाइ सहज बनाउने त्यो हामी सबै नेपालीहरुका हातमा छ । हामी सबै जो बिदेशमा छौं हामी त आफनो देश घुम्ने निम्तो त्यसै पनि दिइरहन्छौं । अझै संबेदनसिल बन्नुपर्ने सरकार, कर्मचारि र सरोकारवालाहरु हुन् त्यसलै हामीले नेपाल पर्यटन बर्षको प्रचार गर्दै गर्दा प्रचारमुखि मात्रै छौं कि ब्यवहारमा पनि परिपक्क छौं त्यो समयले बताउने छ हामी त्यसैको प्रतिक्षामा छौं ।

फोटो : गुगल

Total Page Visits: 1827 - Today Page Visits: 2
Shares