सुदीप त्रिपाठी प्रतीक
विस्रवेन २३, जुलाई
क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले यस बर्ष तीज पूजा नगर्ने भएको छ ।
केन्द्रले एक विज्ञप्ती जारी गर्दे यस बर्ष तीज पूजा कार्यक्रम नगर्ने जनाएको छ। कोरोना भाइरसको महामारी रोकथामको निमित्त केन्द्रले आफनो नियमित पूजा कार्यक्रम यो वर्षको लागि नगर्ने निर्णय लिएको जनाएको छ ।
आम मानिसको स्वास्थ सबैभन्दा ठूलो कुरा भएको उल्लेख गर्दे यस पटकको लागि तिज पूजा नगर्ने निर्णय गरिएको क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रका सचिव नारायण पन्थीले जानकारी दिए ।।
नेपाली विविध साँस्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रले विगतका बर्षहरुमा तीज पूजा, महाशिवरात्री पूजा लगायतका विविध कार्यक्रम गर्दै आइरहेको थियो ।
केन्द्रले सामुदायिक भवन निमार्णका लागि योजनावद्द तरिकाले अगाडी बढिरहेको जनाएको छ ।
क्वीन्सल्याण्ड नेपाली सास्कृतिक केन्द्रले यहाँरहेका विभिन्न नेपाली संघ संस्थाहरु सँगको समन्वय र सहकार्यमा यही आँउदो नोभेम्बर ७ तारिखका दिन अस्टे«लियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहर स्थित साउथ बैड्ढमा रहेको प्यागोडा शैलीमा निर्मित नेपाली मन्दिरको पुर्न उद्घाटन, नेपाली कला संस्कृतिको प्रर्दशन गर्ने भएको छ ।
![[Tags] 46935FB1-E577-48B5-B2B2-C79CD6B27B37-711x1024 क्वीन्सल्याण्डमा यस बर्ष तीज पूजा नहुने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/07/46935FB1-E577-48B5-B2B2-C79CD6B27B37.jpeg?resize=640%2C922&ssl=1)