सुदीप त्रिपाठी प्रतीक
विस्रवेन २६, जुलाई
नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डले यस बर्ष तीजको कार्यक्रम नगर्ने भएको छ । विगतका केही बर्ष यता निरन्तर रुपमा कार्यक्रम गर्दै आइरहेको एसोसिएसन ले यस बर्ष कोभिड–१९ का कारण कार्यक्रम नगर्ने निर्णय गरिएको नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका सचिव ज्ञानेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनाले एनएक्यूले विगतका बर्षहरुमा नेपाली दिदीबहिनी माझ दर खाने तथा साँगीतिक तथा साँस्कृतिक कार्यक्रम गर्दै मनाइरहेको अवस्थामा यसबर्ष १.५ मिटरको दुरी कायम गरेर कार्यक्रम गर्न असम्भव हुने भएका कारण कोराना भाइरस को उचित रोकथामका लागि संस्थाले कार्यक्रम नगर्न बाध्य बन्नुपरेको बताए ।
संस्थाले यस अघि आफनो आधारिक फेसवुक पेज लगायत अन्य सामाजिक सञ्जाल मार्फत सदस्यता नवीकरण र सदस्यता लिन चाहानेहरुको लागि सूचना प्रवाह समेत गरेको थियो। एनएक्यूको सदस्यता लिनको लागि संस्थाले उपलब्ध गराएको लिड्ढ मार्फत सदस्यता शुल्क विद्यार्थीको हकमा १० डलर र अन्यको हकमा १५ डलर प्रतिवर्ष राखेको छ ।
एनएक्यूले गत अप्रिल २५ तारिखमा आफनो १४ औँ बार्षिकउत्सव मनाएको थियो । जुन दिन अस्ट्रेलियामा एनज्याक्क डे का रुपमा मनाइने गर्दछ ।
कोराना भाइरसका कारण विगतका बर्षहरुमा जस्तो यसबर्ष कार्यक्रम गर्न नसकिएपनि अस्ट्रेलियामा रहेका नेपाली समुदाय प्रति संस्था सदैव उतरदायी रहेको नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष अमृत पौडेलले जानकारी दिए । पौडेलले क्वीन्सल्याण्डमा रहेका विभिन्न सामाजिक संस्थाहरु सँग समन्वय र सहकार्य गर्दै एसोसिएनले हिजोको दिनमा पनि गरेको स्मरण गर्दै आज र भोलीका दिनमा पनि गर्न तप्पर भएको बताए ।
नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्ड(एनएक्यू) क्वीन्सल्याण्ड कै नेपाली समुदायको लागि एक अग्रणी संस्था हो । संस्थाले विभिन्न सामाजिक, साँस्कृतिक साँगितिक तथा खेलकुदका कार्यक्रम गर्दे आइरहेको छ ।