सुदीप त्रिपाठी प्रतीक
विस्रवेन ३०, सेपटेम्बर

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहर आसपासका विभिन्न पहाडहरुमा एभरेष्ट वारियर्स नामक हाइकिङ गुप्र बाट हरेक साता हाइकिङ गरिदै आएको छ ।
साताको २ दिन स्वास्थका लागि हाइकिङ भन्ने उद्देश्यले नेपालीहरु द्धारा संगठित एभरेष्ट वारियर्स हाइकिङ गुप्रले हरेक साताको शनिवार र आइतवार २ दिन विहान ६ देखि ८ बजे सम्मको समयमा हाइकिङ गर्दै आएको हो ।
सन २०१७ को जनवरी देखी शुरुवात गरिएको हाइकिङ हाल सम्म विस्रवेन शहर लगायत आसपासका विभिन्न क्षेत्रहरु माउण्ट ग्राभेट, माउण्ट कुथ्था, माउण्ट नुनु माउण्ट कोरोरी, माउण्ट बीरवा, माउण्ट टिव्रोग्रगन, माउण्ट बार्ने, माउण्ट मिचेले, माउण्ट कोर्डिएक्स, माउण्ट वार्निे·, टेवलटप माउन्टेन टुवोम्बा, फिल्निडर्स पिक, माउण्ट कोलुम लगायतका दजर्नाे पहाडमा हाइकिङ गरिएको छ ।
सुरुवाती दिनहरुमा आफू एक्लै वा अन्य विदेशी साथीहरु सँग अस्ट्रेलिया, नेपाल, क्यानडा, अमेरिका लगायतका विभिन्न देशहरुको विभिन्न ठाँउहरुमा हाइकिङको अनुभव संगालेका एभेरष्ट वारियर्सका सुरवाती कर्ता मध्येका एक पुरुषोतम अर्याल( मार्क अर्याल) ले एभरेष्ट वारियर्स हाइकिङ गुप्रमा विगत ३ बर्ष देखि नेपाली साथी भाईहरुको सहभागिता मिलेको बताउनुभयो । हाइकिङमा पछिल्लो समयमा विभिन्न उमेर समुह सँगै परिवारीक सहभागिता बढदै गएको अर्यालको बुझाई छ ।

गतशनिवार मात्रै टुओम्बाको टेवलटप माउन्टेनमा हाइकिङ गरेर फर्किएको टोलीले आइतवार माउन्ट ग्राभटमा पुन हाइकिङ गरेको थियो । प्रायजसो माउन्ट ग्राभट र माउन्ट कुथ्थामा हाइकिङ गर्दे आएको यो समुहले आगामी साता पुन माउन्ट ग्राभटमा हाइकिङ गरिने हाइकिङमा सहभागी हुदै आउनुभएका एमएन टि.भी अस्ट्रेलिया विस्रवेनका पत्रकार किरण खनालले जानकारी दिनुभयो ।

9E421D41-0269-4670-BCD4-BA1A58199D47-1024x472 व्रिसवेनका पहाडमा हाइकिङ गर्दै “एभरेष्ट वारियर्स” नेपाली ।
9E421D41-0269-4670-BCD4-BA1A58199D47-1024x472 व्रिसवेनका पहाडमा हाइकिङ गर्दै “एभरेष्ट वारियर्स” नेपाली ।

Total Page Visits: - Today Page Visits:
Shares