सुदिप त्रिपाठी “प्रतीक”


अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टरको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ११ औँ जन्मजयन्तीको अवसर पारेर संस्थाको १२ औँ काव्यवाचन श्रृङ्खला आईतवार अस्ट्रेलियाको विस्रवेन शहरको जिलमिएर हलमा सम्पन्न भएको छ ।
काव्य वाचन कार्यक्रममा रीना पराजुली, हरिराज अधिकारी, तारा बहादुर डाँगी, रमेश न्यौपाने, गिरीराज खनाल, लक्ष्मी खड्का, गोविन्द बराल, ईशा शर्मा कोइराला, राजन कोइराला, केशव शर्मा, सफल घिमिरे, मन्दिरा सापकोटा लगायतले आ–आफना रचना वाचन गर्नुभएको थियो ।
संस्थाले यसअघि पनि बेला बखतमा साहित्यीक कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । कोभिड १९ र यसले पारेको असरका कारण संस्थाका नियमित कार्यक्रमहरुमा केही असर पुगेको कार्यक्रममा उपस्थित श्रोताले गुनासो व्यक्त गरेका थिए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर संयोजक केशव शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सफल घिमिरेले गर्नुभएको थियो ।

DCDA83F9-EF8A-46CF-BF91-D43B5F5296D8-1024x768 अष्ट्रेलियाको विस्रवेनमा लक्ष्मी जयन्ती कार्यक्रम  सम्पन्न ।

Total Page Visits: 2770 - Today Page Visits: 1
Shares