सुदीप त्रिपाठी प्रतीक
विस्रवेन २६, जुन


अस्ट्रेलियाको ब्रिसबेन २०८ औ भानुजयन्ती मनाइने भएको छ। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को मुख्य आयोजना तथा नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्ड, गैर आवासीय नेपाली संघ अस्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति र क्वीन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको संयुक्त सहभागितामा मनाइने भएको छ ।
२०८ औँ भानुजयन्तीलाई यो बर्ष ब्रिसवेनमा नेपाली भाषा एवम् संस्कृति दिवसको रुपमा मनाइने अनेसास क्वीन्सल्याण्ड च्याप्टर अध्यक्ष डा. केशव शर्माले जानकारी दिनुभयो ।
ब्रिसवेनको मिचेलटन डिष्ट्रिक सिनियर सिटिजन सेन्टरमा हुन गइरहेको २०८ औ भानुजयन्ती यही आँउदो जुलाई १० गते शनिवार अपरान्ह ३ देखि साँझ ६ बजे सम्म हुने आयोजकले जनाएको छ।
कार्यक्रममा भानु जयन्ती विशेष साहित्यीक गोष्ठीको साथमा नेपाली संस्कृति झल्काउने विशेष साँस्कृतिक कार्यक्रम हुने बताइएको छ ।
सो दिन आदिकवि भानुभक्त आचार्य प्रति श्रद्धा समुप अपर्ण गर्नुका साथै आमन्त्रित साहित्यकार प्रभा भट्टराई तथा स्थानिय साहित्यअनुरागी सर्जकहरुबाट रचना वाचन गरिने आयोजकले जनाएको छ ।
यस बर्ष भानुजयन्ती आषाढ २९ गते शुक्ल तृतिया मंगलबारका दिन परेको भएता पनि नेपाल बाहिर भने आफनो अनुकुलता र विदाको समय मिलाएर बास्तविक तिथि अघि पछि नै कार्यक्रम गर्ने प्रचलन छ ।
अनेसास क्वीन्सल्याण्ड च्याप्टरले हरेक बर्ष भानुजयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ।

8B8128DB-8EE3-4F53-96D7-8C802E7E04A9-724x1024 अस्ट्रेलियाको ब्रिसबेनमा २०८ औं भानुजयन्ती मनाइने ।

Total Page Visits: - Today Page Visits:
Shares