अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्विन्सल्याण्ड च्याप्टरको आयोजना र नेपलिज असोसिअसन अफ क्विन्सल्याण्ड (NAQ), गैर आवासीय नेपाली संघ (NRNA), अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति, र क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) को संयुक्त सहभागितामा १७ जुलाई शनिवारका दिन ब्रिसबेनमा २०८औं भानु जयन्ती तथा नेपाली भाषा एवम् संस्कृति दिवसको कार्यक्रम सम्पन्न भएको छ । ब्रिसबेनको मिचल्टन स्थित सामुदायिक सभा भवनमा स्थानीय भाषा, साहित्य र संस्कृतिप्रेमी महानुभावहरुको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र रामायणका श्लोकहरुको वाचनबाट शुरु भएको थियो । कार्यक्रममा अतिथि कवि प्रभा भट्टराई नेपालबाट जुम मार्फत जोडिएर सभालाई सम्बोधन गर्दै नेपाली भाषा साहित्यमा आदिकविको योगदानको चर्चा गर्नुभएको थियो। साथमा वहाँले आफ्ना केहि कविताहरु वाचन गर्नु भएको थियो।

D36496E7-5793-4E6A-9160-282D918D528C-1024x443 ब्रिसबेनमा २०८ औं भानु जयन्ती मनाइयो ।
D36496E7-5793-4E6A-9160-282D918D528C-1024x443 ब्रिसबेनमा २०८ औं भानु जयन्ती मनाइयो ।


उक्त अवसरमा भानु जयन्ती विशेष साहित्यिक गोष्ठीको साथमा नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रचना वाचनको क्रममा स्थानीय कविहरु सफल घिमिरे, बिनोद भक्त आचार्य, बुना दाहाल, देवीलाल श्रेष्ठ, गिरिराज खनाल, कृष्ण समर्पण, ईशा शर्मा कोइराला, मदन चापागाईं, गोविन्द बराल, केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य र हरिराज अधिकारीले आफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुलाई अनेसास क्विन्सल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा स्थानीय नेपाली पाठशालाका स-साना विद्यार्थीहरु लगायत अरु कलाकारहरुद्वारा आकर्षक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन मनुजा कंडेलले गर्नु भएको थियो ।

D36496E7-5793-4E6A-9160-282D918D528C-1024x443 ब्रिसबेनमा २०८ औं भानु जयन्ती मनाइयो ।

Total Page Visits: - Today Page Visits:
Shares