बिनायक अधिकारी

जिवनमा एउटा रातो स्वेटरको प्रवेस भएको छ
केहि थान कॉंटिमा लामा उनहरुले
मॉंयाका बुट्टा भर्दै बुनेको त्यो स्वेटर
रातो रंगमा ऑंखाहरु अलि छिट्टो
पर्ने गर्छन र त उनले रोजिन क्यार
म पनि कस्तो श्रृंगारिक भइदिन्छु
मलाइ जुन र उन देख्नै हुदैन हिजो आज
कयौं पलहरु आकासको जुन हेरेर बिताएको छु
कयौं पलहरु रातो उन हेरेर बिताएको छु
तर के थाहा त्यहि उन आपना जिवनमा रातो स्वेटर बनेर आउला भनेर ।
भर्खरै बसेको मॉंया, भर्खरै बिवाहित जोडी
एकै पल छुट्टिन परे पनि बर्षौं लाग्ने
आडैमा बसेर मगमग बासनाको एक सर्को
तानेर लठ्छ भइरहन मन लाग्ने
लागु पदार्थ भन्दा कुलत
अचम्म लाग्छ त्यतिबेला सॉंझको जुन
लागीसक्दा पनि दिउसोको घाम संझेर
टोलाइबस्ने त्यो अमुक समय
आकासमा जुन सर्दा मॉंयाको भीख माग्ने म
धर्तीमा तारा खस्दा मॉंयाको भीख माग्ने म
इन्द्रेणीका रंगहरुमा मॉंयाकै रंग घोलेर
जिन्दगी रंगीन छ भन्ने सोच्ने म
तर अहं कहिल्यै फर्कीएनन् ति यौवनका
उकाली ओराली र चौतारिहरु
जहॉं बसेर म घण्टौं मॉंयाका भाका शुषेलीरहेको हुन्थें
जिवनमा कोहि नहुन्जेल
मुटुमा कोहि नधड्कुन्जेल
मनमा कसैले डेरा नखोजुन्जेल
त्यहि संझनामा छ मज्जा
जहॉं मन तृप्त हुन्जेल उनैका बारेका
लामो महाकाव्य तयार हुन्छ
हिजोआज स्वेटरको अघिपछि
जिन्दगीका लेफ्ट राइट चल्छ
दॉंया सर बॉंया सर चल्छ
अनि एस सर चल्छ
कहिले कोष्टमा बर्थ डे मनाउने योजना हुन्छ
कहिले बालिमा एनिभर्सरि मनाउने तर्जुमा हुन्छ
गाडीमा बसेर नहिडिन्जुले
प्लेनको टिकट हातमा नपरुन्जेल
हामीले धेरैपटक यस्ता बर्थ डे र
एनिभर्सरीका केक खाटैमा काटेर खाएका छौं
आफनै खाटको मैले तन्नामा बर्षगॉंठ मनाएका छौं
तै पनि कथाले केहि भनेन क्यार
न कविताले केहि मागी
न गजलले रिस गर्यो
न मुक्तक ठुष्स पर्यो
हरेक उत्सवमा म उनका मनपर्ने पहिरन उनिदिन्छु
उनि मलाइ मन पर्ने त्यहि रातो स्वेटरमा लजाउने गर्छिन
त्यहि लजाइले हरेक दिन नयॉं दुलाहा दुलहि जस्तै बनाइदिन्छ
हामी पनि हरेक दिन उहि सुहाग रात संझन्छौं र हल्का लजॉंउछौं
त्यसैले त प्रिय छ रातो स्वेटर जो उनकै रंगहरुमा घुलिरहन्छ
अनि म त्यहि स्वेटर भीत्र फुलिरहन्छु ।

लमजुगं हाल क्यानबेरा अष्ट्रेलिया ।

Total Page Visits: 952 - Today Page Visits: 1
Shares