अमृत पौडेल

चर्कियको घामको शितल थियौ तिमी
अर्कैको फुलबारिको मालि रहेछौ
संगै बनाएको सपना पनि भत्काईदियौ
थाहा थिएन तिमि यति जालि रहेछौ !!

मायाको युद्धको सुरुवात थियौ तिमी
मलाई हानेको बन्दुकको नालि रहेछौ
निशानाले मलाई घाईते पारि
निफिकर डुलि हिड्ने जालि रहेछौ !!

रोपनि र बिघाको नाप थियौ तिमी
अर्कैको बारिमा पानि काट्ने आलि रहेछौ
आफ्नो दुनो सोझो बनाईसकेपछि
चोरि खान पल्केकि जालि रहेछौ !!

मुटुमा बास गरेकि रानि थियौ तिमी
त्यहि मुटुमा छिया पार्ने फालि रहेछौ
मायाको किराना पसल थापि
एउटै मुटु बाडि हिड्ने जालि रहेछौ !!!!!

                                                         -अमृत पौडेल-

Total Page Visits: - Today Page Visits:
Shares