बिनायक अधिकारी
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाल यूनाइटेड फुटवल क्लवको साधारण सभा सम्पन्न भएको छ । क्लवले १२ जना नयॉं खेलाडी अनुबन्ध गरें संगै नयॉं जर्सी पनि हस्तान्तरण गरेको कुरा क्लवका ब्यवस्थापक सुमन अधिकारीले मेरो कपुरी क लाइ बताउनु भएको छ । साधारणसभाले नयॉं कार्य समितिपनि चयन गरेको छ । जसअनुसार :
अध्यक्ष : मान तामागं
उपाध्यक्ष: विजय लामा
ब्यवस्थापक : सुमन अधिकारी
सचिव: मिलन थापा मगर / बिकल गुरुगं
कोषाध्यक्ष: सुमन अधिकारी
टीम प्रबन्धक: श्री प्रसाद गुरुगं
सहायक प्रबन्धक: मिलन थापा मगर
कार्यकारी सदस्यहरु:
बिकेम तामागं
संदेश लुइटेल र
टीम कप्तानमा दीपेन्द्र गुरुगं
उप कप्तान : सलभ गौचन
क्लवलाइ प्रायोजक बनेर सहयोग गरिदिएकोमा सक्केस एजुकेशन तथा भीजा सर्भीसेज र ए जे कम्प्लिट सोलुसनलाइ क्लवले धन्यवाद ज्ञापन गरेको छ । समाचार को लागी मेरो कपुरी क र आधिकारिक फोटोग्राफर को लागी दीपेन्द्र घिमिरे फोटोग्राफी लाइ क्लवले धन्यवाद दिएको छ ।
![[Tags] 58B10BAA-8734-4790-BA84-60383EEBC92A-1024x762 नेपाल यूनाइटेड फुटवल क्लवको साधारण सभा सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/58B10BAA-8734-4790-BA84-60383EEBC92A.jpeg?resize=640%2C476&ssl=1)