ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसका पूर्व उप-प्रध्यापक, त्यसै क्याम्पसका स्वबियू सभापति र हाल अष्ट्रेलियामा वैकल्पिक ऊर्जा विशेषज्ञको रुपमा कार्यरत गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य नारायण प्रसाद काफ्ले ले गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आगामी निर्वाचनमा केन्द्रिय सचिव पदमा उम्मेदवारी दिनु हुने भएको छ ।
पेशाले ईन्जिनियर काफ्ले सचिव पदमा लड्न लागेको र त्यहि किसिमको तयारी पनि गरिरहनु भएको छ । उनका अनुसार नै विश्व भरिबाट शुभेक्षा र शुभकामना आइरहे छन् । ‘अहिले सम्म हेर्दा नारायण दाइले जित्ने कुरामा विश्वस्त छौ । तयारी पनि भएको छ। संसारभरि छरिनु भएका एनआरएन साथीहरुले यसपाली उहाँलाई नै साथ दिने हो भनिरहेका छौं। केहि छुट्टै प्रभाव राख्न सक्ने भिजन भएको व्यक्तिको रुपमा उहाँलाई साथीभाईहरुले हेर्नु भएको छ।’ क्यानबेराका एनआरएनए सदस्यले बताउनुभयो ।
संस्था भित्र रुपान्तरण गर्दै युवा, महिला र दोश्रो पुस्तालाई गैरआवासीय नेपाली संघको मूल नेतृत्वमा स्थापित गर्नु पर्दछ भनि पैरवी गर्ने र स्थानिया/बिश्वभर नेपालीहरु बीच काम गरेको अनुभवको आधारमा पनि उहॉंको उम्मेदवारी सशक्त देखिएको छ।
![[Tags] 1D3852F3-76DB-4AB7-8412-95EFC2469671-1024x1024 एनआरएनए आइसीसी केन्द्रिय सचिवमा काफ्लेको उमेदवारी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/1D3852F3-76DB-4AB7-8412-95EFC2469671.jpeg?resize=640%2C640&ssl=1)
पाल्पाको रामपुर नगरपालिका पुर्ख्यौली घर भएका काफ्ले अष्ट्रेलियाको मेलबर्नमा करिब डेढ दशकदेखि बस्दै आउनुभएको छ । गैर-आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको निति तथा कार्यबिधि कार्यदल तथा हाल युवा स्वयमसेवी मार्फत नेपालको सेवा गराउने YV4N नामको समिति सह-अध्यक्षका रुपमा एनआरएनएमा काम गर्नुभएका काफ्ले एक अनुभवी र एनआरएनए भित्र खारिएको व्यक्तित्वको रुपमा चिनिनु हुन्छ ।
गैर-आवसिय नेपाली संघ लाई डायस्पोरा नेपालीहरुको संयुक्त (राष्ट्र) संघको रुपमा बिकसित गर्दै सबैको साझा संस्था बनाउनु पर्दछ भन्दै काफ्लेले हाल रहेको गैर-आवसिय नेपाली संघको संरचना र कार्यशैलीलाई परिवर्तन नगरेको खण्डमा संघको भविष्य नै धरापमा पर्न सक्ने र संघको जिवन्तताको लागि यसमा सानोतिनो परिवर्तनले नपुग्ने भन्दै आमुल रुपान्तरणको खाँचो भएकोले आफूले एनआरएनए आइसीसीमा सचिव पदको लागि उम्मेदवारी घोषणा गरेको प्रस्टाउनुभएको छ । ‘मैले एनआरएनएको बिधानलाई शब्द शब्द केलाएर हेरेको छु। यसको मर्म मलाई थाहा छ। म यो संस्थालाई सदस्यको भावना अनुसार चलाउनुपर्छ भन्छु। त्यसैका लागि मेरो उम्मेदवारी हो,’ आफ्नो उम्मेदवारीको औचित्य पुष्टी गर्दै काफ्लेले बताउनुभयो ।