बिदेशमा रहेका नेपालीहरुको संगठन यतिबेला बढ्दो अवस्थामा छ । देशकै नाममा थुप्रै संगठन रहेता पनि बिकाश क्षेत्र, जिल्ला हुदै नगरपालिकाका पनि समाज बन्ने क्रम तिब्र छ । यसै क्रममा धादिङवाट अष्ट्रेलियामा बसोबास गर्ने धादिङवासीहरु बिचको साझा संस्था धादिंग समाज अष्ट्रेलियाको तेस्रो अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०१४ मा किरण अधिकारीको अध्यक्षता गठन भएको धादिङ्ग समाज अष्ट्रेलिया यो बीचमा बिभिन्न सामाजिक कार्य गर्दै  संस्थालाई अष्ट्रेलियाबासि सबै नेपालीका बिच चिनाउन सफल समाजको ३ अक्टोबरका दिन जुम मार्फत सम्पन्न भएको साधारण सभाले अर्जुन केसीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ ।

FC5C3FFF-3CCF-4C70-BC5D-CE15DD688AFE-1024x591 धादिंग समाजको साधारण सभा सम्पन्न : अध्यक्षमा अर्जुन केसी ।
जुम मार्फत भएको साधारणसभाको झलक ।


कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष यज्ञ अधिकारी, महासचिब हरि अधिकारी, सचिब पुरुषोतम अधिकारी, कोषाध्यक्ष सनिता त्रिपाठी, प्रबक्ता बिनोद उप्रेती, वुमन कोअर्डिनेटर गीता लम्साल ओझा, युवा संयोजक रबिन्सन अधिकारी, सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी ( तस्मेनिया ) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति स्मिखडा (भिक्टोरिया), अनुप जंग बानिया (एनएसडब्लु), बिदुर अधिकारी ( एनएसडब्लु ) चयन हुनु भएको छ।  यसै गरि साधारण सभाले बिभिन्न स्टेटका लागि स्टेट संयोजक पनि चयन गरेको छ । जसमा एनएसडब्लु संयोजक शम्भु भण्डारी, एसीटि संयोजक राम चन्द्र उप्रेती, तस्मेनिया संयोजक उत्तम अधिकारी, भिक्टोरिया संयोजक बिनोद पौडेल, नर्दन टेइरिटोरि संयोजक नबिन भण्डारी, साउथ अष्ट्रेलिया संयोजक जीवन भण्डारी, पर्थ संयोजक दया राम थापा मगर र कुइन्सल्याण्ड संयोजक शम्भु सिम्खडा हुनुहुन्छ । संस्थाले पब्लिक अफिसरको जिम्मेवारी पछि चयन गरेको गरिने जनाएको छ। यसै गरि संस्थाको सल्लाहाकारहरु मा संस्थाका संस्थापक अध्यक्ष किरण अधिकारी र निबर्तमान अध्यक्ष सबिन थपलिया बिधानत चयन हुनु भएको छ भने अन्य सल्लाहाकारहरु संस्थाले पछि चयन गर्ने पनि गर्ने जनाइएको छ।

कोभिड-१९ का कारण जुम मार्फत सम्पन्न उक्त कार्यक्रममा अन्तराष्ट्रिय धादिङ्ग समाजका प्रतिनिधि लागएत अष्ट्रेलियाबाट एनआरएनए लागएत  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो । नेपाली दुताबासका प्रतिनिधि यादब कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनएसडब्लुका लागि महाबाणिज्यदुत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदुत दिपक धमला, समुदायकी अगुवा इन्द्र बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एबं एनएसडब्लुका संयोजक देब गुरुङ, माहासचिब राजु बाबु अधिकारी, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित  सहित धादिगं समाज जापानका अध्यक्ष दिनेश लोहनि अतिथिको रुपमा उपस्थिति हुनु हुन्थ्यो ।
कार्यक्रमको समापन गर्दै नवनिर्बाचित अध्यक्ष अर्जुन केसीले संस्थाले आफुलाई यति ठुलो जिम्मेवारी दिएकोमा सबै अग्रज एबम समाजका सबैलाई धन्यवाद दिदै आउने कार्यकालमा सबै संग हातेमालो गर्दै संस्थालाई थप उचाइमा पुराउने, छरिएर रहेका सबै धादिङ्गका अभियन्ताहरु लाई जोड्दै नयाँ र उल्लेखिनिय कार्य गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो ।  संस्थाका निबर्तमान अध्यक्ष सबिन थपलियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रको संचालन संस्थाको तर्फबाट राधिका बानियाँ र निरु त्रिपाठीले गर्नुभएको थियो ।

Total Page Visits: - Today Page Visits:
Shares