ठॉंउ र समय अनुसार माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत फरक हुने गर्दछ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले यस बर्षको टिका लाइक प्रकाशन गरेको जसअनुसार क्यानबेरामा बिहान १० बजेर २७ मिनेटमा रहेको छ ।त्यस्तै सिड्निमा बिहान १०:२५ मिन्टको साइत छ भने मेलवर्नमा १०:३१ मिनेटको साइत रहेको छ । बिर्सबेन १०:२९ एडीलेड १०:२६, तास्मानिया १०:५१, पर्थ १०:०३ र डार्बिन १०:२७ मिनेटमा रहेको समाजले जनाएको छ । समाजले यस बर्षको टिका लगॉंउदा पश्चिम फर्केर लगाउनु उत्तम रहेको जनाएको छ ।

EC2FA85F-E5B3-438E-86B6-BC80F653E9D5 अष्ट्रेलियामा दशैंको टिका साइत कतिबेला ?

विगत, वर्तमान र भविष्यका अवयवहरूमा जुनसुकैबेला आवस्यक पर्नसक्ने माया, स्नेह, सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दशैं । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् । सबैलाइ साइत सहितको टिका लगाइदिइ यस बर्षको दशैं रहोस भन्ने कामना सहित मेरो कपुरी क को यहॉंहरु सबैलाइ शुभकामना ।

Total Page Visits: 1080 - Today Page Visits: 1
Shares