नेपाली कांग्रेसको बिदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया को ४ डिसेम्बर २०२१ का दिन सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा अधिबेशन वाट सभापती पद मा चितवनका पुराना कॉंग्रेस हाल मेलवर्न निबासी श्री सोमप्रसाद गुरुगं निर्विरोध निर्वाचित हुनु भएको छ त्यस्तै उप सभापतिमा गणेश पौडेल र विवेक थापा रहनुभएको छ । साधारण सभाले विभिन्न राज्यका जनसम्पर्क समितिका संयोजकहरु पदेन उप-सभापति रहनुभएको छ । बिनित राज शर्मा, अशोक सुबेदी, थानेश्वर शाक्य, हरि डि.सि., सबिन बराल, दीपक पराजुली, प्रेम पाठक, रमेश श्रेष्ठ लाइ साधारण सभाले पदेन उपसभापति बनाएको छ। यसैगरी महासचिवमा अच्यूत अधिकारी र रविन्द्र गौतम तथा उप महासचिवमा हेम दुलाल, रामजी बस्नेत लगायतका सबै राज्यका प्रतिनिधिहरु रहनुभएको छ । 

सह- महामन्त्रीमा हेम दुलाल, भागिरथ सापकोटा, रामजी बस्नेत, बामदेव पौडेल, युवराज कडेल, रमेश पौडेल, राजेश बुढाथोकी, सुवास पोखरेल रहनुभएको छ भने कोषाध्यक्षमा कल्पना बस्याल र सह-कोषाध्यक्षमा आशा श्रेष्ठ चयन गरेको छ। सदस्यमा भने अस्ट्रेलियामा कांग्रेसी भनेर चिनिने धेरै पुराना अनुहारसमेत समावेश गरिएको छ । जसमा मेलवर्नका दुर्गा आचार्य, नारायण काफ्ले, देवेन्द्र बस्नेत, सिड्नीका छिरिङ शेर्पा, डिल्ली ढकाल, कञ्चन पोखरेल, बुद्धि डल्लाकोटी, सुरेन्द्र सिग्देल, महेन्द्र लम्साल, प्रकाश हुँमागाईँ, सूर्य खनाल, इर्शाद अहमद, प्रदिप पाठक, सांगे शेर्पा, प्रतिज्ञा अधिकारी, ब्रिसबेनका अभिमन्यु केसी, वसन्त पौडेल, पर्थका राजिव नरसिंह केसी र शुशान्त सुवेदी (मीक्की), नवीन बिडारी, रमेश जोशी, शुरेस पोखरेल, राम कँडेल, प्रेम रावल, गणेश खरेल, राजु ढकाल, बेनिका थापा क्षेत्री, लालप्रसाद कँडेललगायत हुनुहुन्छ ।

समितिले नेपालबाट नेपाली कॉंग्रेसको राजनिति गर्दै अष्ट्रेलियामा रहनुभएका पुराना कॉंग्रेसजनहरुबाट नयॉं कार्य समितिको घोषणा गरेको हो । निवर्तमान अध्यक्ष कृष्ण गिरिले एक पक्षिय रुपमा क्रियासिल सदस्य खड़ा गरि गरिएको अधिवेशन मान्य नभएकोले नयॉं कार्य समितिको चयन भएको एक सदस्यले मेरो कपुरी क को सम्पर्कमा बताउनुभयो ।उहॉंले लाखौं पैसा लिएर पनि सदस्यता नदिएको र आम कांग्रेसीजनलाई समेट्न नचाहेको भन्दै डेमोक्रयाट समूहले नयाँ समिति गठन गरेर पार्टी नेतालाई चुनौती दिएको बताउनुभयो ।

नेपाली जन सम्पर्क समिती अष्ट्रेलिया नयां कार्यसमितीले बिधानमै नभएको चिफ प्याट्रन पद सिर्जना गरेर आफै फेरि पदका लागी अध्यक्ष कृष्ण गिरिले पद लोलुपता देखाएको देखिएको जनाएको छ । नयॉं कार्यसमितिले सबै निर्बाचित कार्यसमिति नामावलि र महाधिवेशन प्रतिनिधि सुचि नेपाली कॉंग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ ।

Total Page Visits: 1500 - Today Page Visits: 1
Shares