नेपालको गोर्खा जिल्ला घर भइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरालाइ कर्मथलो बनाउदै आउनुभएका प्रबिन सापकोटाको पहिलो प्रयास स्वरुप लोकगीत पियारी बजारमा आएको छ । दिउँला तिम्लाइ पियारी राख मेरो मॉंया सियारी भन्ने केटाको बोल रहेको छ भने दिउँला तिम्लाइ पियार लौन मेरो जोवन सियार चॉंहि केटिको बोल रहेको छ । गीत गॉंउदा रेकडिंग स्टुडियोको पुरै प्रबिधि प्रयोग गर्न नपाएको हुनाले पनि सोचेजस्तो हुन नसकेको कुरा गायक सापकोटाले बताउनुभयो । उहॉंले पहिलो प्रयासमा रहेका कमी कमजोरीलाइ सच्याएर छिट्टै अर्को गीत बजारमा ल्याउने जानकारी पनि मेरो कपुरी क लाइ गराउनुभएको छ ।

गीतलाइ गायक प्रविन सापकोटा र गायीका सरिता कार्कीले स्वरबद्ध गर्नुभएको छ भने अभीनय महेन्द्र र रुबिनाको रहेको छ । शब्द संगीत जिबि सुनारको रहेको छ भने गीतलाइ प्रिसा म्यूजिक सोलुसनले गीतवाट बजारमा ल्याएको छ । गीतको भिडियो ८ मीनेट लामो बनेको छ । भिडियो निर्देशन स्मृति तिमिल्सीना “गुरुआमा” ले गर्नुभएको छ ।

https://youtu.be/mswSIvqMWQY

Total Page Visits: - Today Page Visits:
Shares