र्याप संगीतमा चर्चित नेपाली र्याप गाएक लाहुरे र दोगंले क्यानबेराका दर्शक नचाउने भएका छन् । सक्सेस एजुकेशन एण्ड भीजा सर्भिसको प्रस्तुतिमा भाइव इन्दि क्यापिटलको फिचरिगंमा लाहुरे र दोगंको र्याप संगीत प्रस्तुत हुने भएको हो । लाहुरेका मेरो सोल्टा, बिरामी, सुपररगा चुप लाग गीतहरु चर्चित छन् । त्यस्तै दोगंका सक्दिन, रावन गीत चर्चित छन् ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 लाहुरमा “लाहुरेको” आगमन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=640%2C169&ssl=1)
कार्यक्रम दि रोयल नेपाल इभेन्ट्स र दि यात्री इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो । कार्यक्रम ११ अगष्ट २०२२ बिहिबारका दिन फिक्सन क्लवमा बेलुका ९ बजेदेखि मध्यरात सम्म हुनेछ । कार्यक्रममा १८ बर्षभन्दा माथिका उमेर समूहका लागी मात्रै प्रवेश अनुमति दिइएको छ । कार्यक्रमलाइ दि हंग्रि बुद्ध, दि चिम्नी नेपाली रेष्टुरेन्ट र लेकसाइड गोर्खाज रहेका छन् । डिजे यानन, फाल्बो र वाइजीले दर्शकलाइ थप मनोरन्जन दिनुहुनेछ । दशैं बिशेष कार्यक्रमका लागी फुलपातीको अघिल्लोदिन एक्स ब्याण्ड, सुगम पोखरेल र नविन भट्टराइ आउने कार्यक्रम रहेको कुरा दि यात्रीका बिशाल कणेंल र रोयलका प्रदिप पाठकले संयुक्त रुपमा मेरो कपुरी क लाइ जानकारी गराउनु भएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 लाहुरमा “लाहुरेको” आगमन हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/15832741-42EC-47FD-B48F-C687B4323F71.jpeg?resize=640%2C800&ssl=1)