दीपा राई पुन


विश्व भुटानी सहित्य सगठनले स्थापन गरेको छ लाख नेपाली रुपैया नगद राशीको ‘स्वीकारोक्ती आजीवन सिद्धी’ पुरस्कार प्रथम पटक नेपाली भाषी साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । जुलाई २९ देखि ३१ सम्म अमेरिकाको ह्यारिसबर्ग, पेन्सलभेनियामा आयोजित वृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-५ कार्यक्रम उक्त पुरस्कार समर्पण गरिएको थियो । प्रमुख अतिथि सिक्किमको पूर्व मुख्यमन्त्री तथा कवि पवन चाम्लिङ  विशेष अतिथि डा गोविन्दराज भट्टराईको बाहुलीबाट संस्थाको संस्थापक अध्यक्ष डेन्जोम साम्पाङ ,वर्तमान अध्यक्ष कर्ण गुरूङ र महासचिव पातलो अन्तरेको उपस्थितिमा पुरस्कार समर्पण  गरिएको थियो।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 उपन्यासकार लीलबहादुरलाई  'स्वीकारोक्ती आजीवन सिद्धी' पुरस्कार
https://successedu.com.au/

भारतको असम, गुवाहाटीमा नै रहनु भएका क्षेत्रीको पुरस्कार कवियत्री दीपा राई पुनले ग्रहण गर्नु भएको थियो । यो पुरस्कारको राशी हरेक अनुष्ठानमा बढाउदै लगिने जानकारी संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले बताउनु भएको छ । अर्को अनुष्ठान-६ बाट अन्य बिधामा पनि पुरस्कार राखिने कुरा विशेष महत्वको साथ बताउनु भयो।
विश्व भुटानी सहित्य सगठनमार्फत स्थापित स्वीकारोक्ति फाउन्डेसन जीवनका जस्तो सुकै आरोह अवरोहलाई  स्वीकार गर्दै अघि बड्ने जीवन दर्शनलाई आत्मसाथ गर्दै स्थापित उक्त पुरस्कार अहिलेसम्मको नेपाली राशीको सबैभन्दा ठुलो पुरस्कार हो !

बसाइँ ,ब्रम्हपुत्रको छेउछाउ,अतृप्तजस्ता ओजनदार कृतिका कृतिकार क्षेत्री ‍असममा बसेर आजीवन नेपाली साहित्यका क्षेत्रमा योगदान गर्ने साहित्यकार हुनुहुन्छ । यो पुरस्कार नेपाली साहित्य क्षेत्रमा अनवरत सेवा गर्ने ब्यक्तित्वलाई प्रदान गरिने फाउन्डेसनले बताएको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 उपन्यासकार लीलबहादुरलाई  'स्वीकारोक्ती आजीवन सिद्धी' पुरस्कार
F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 उपन्यासकार लीलबहादुरलाई  'स्वीकारोक्ती आजीवन सिद्धी' पुरस्कार

Total Page Visits: 775 - Today Page Visits: 1
Shares