लेखक : ज्योतिष पण्डित बालचन्द्र अधिकारी

70DFE4DA-BEC4-4F09-B71B-0AB575A37305-1024x478 कुशेऔंसी अर्थात बुवाको मुख हेर्ने दिन : जान्नैपर्ने महत्वको कुरा ।

आज २०७९साल भाद्र ११ गते 27 August 2022 कुशेऔंसी के छ त यसको महत्व ।
यस औंसी लाई बुबाको मुखहेर्ने दिन का रुपमा लिइन्छ। हुन त कुनैपनी औंसी भन्ने बित्तिकै बिहान ब्रह्म मुहुर्तको समयमा नै उठेर कसैसँग पनि नबोलीकन विधिसम्मत स्नान गर्नु ,दान दक्षिणा गर्नु उत्तम हुन्छ।यश दिन वर्ष दिनभरी हरेक देवकार्य र पितृकार्य सबै गर्दा नभैइ नहुने पवित्र वस्तु “कुश”आजको दिन घरभित्र भित्र्याइन्छ।
कुश उखल्नुपुर्व यस मन्त्रको उच्चारण गर्नु पर्दछ”कुशाग्रे वसते रुद्र:कुशमध्ये च केशव:।कुशमुले वसेद् ब्रह्मा कुशान् मे देहि मेदिनी”।।अथवा विरिञ्चिना सहोत्पन्न:…………..दर्भ स्वस्तिकरो भव।। हुंफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत्।। ब्रह्मा,विष्णु ,महेश्वर को मन्त्र उच्चारण गर्दै पुर्व या उत्तर फर्की भाद्रमासका औंसीका दिनकाटेको कुश एकबर्ष सम्म वासीहुंदैन ,वारम्वार प्रयोग गर्न सकिन्छ भनेर निर्णयसिन्धु मा बताईएको छ।

70DFE4DA-BEC4-4F09-B71B-0AB575A37305-1024x478 कुशेऔंसी अर्थात बुवाको मुख हेर्ने दिन : जान्नैपर्ने महत्वको कुरा ।
https://successedu.com.au/

हरेक कार्यका लागि आवश्यक पर्ने एकाग्रता ,शुद्धता ,संयमता आदि शक्ति कुशको औँठी वा स्पर्शबाट प्राप्त हुन्छ ।कुशको स्पर्शले शरीर पवित्र हुन्छ,देवताहरुको आगमन हुन्छ, आसुरी प्रवृत्ती नाश हुन्छ।अथर्ववेदले बताउँछ जो मानिसले नित्य कुश लगाउँछ,उसको कपाल फुल्दैन,न त हानी नै हुन्छ अत्यन्त उपयोगी झार भएकाले कुशलाई मानिसले औषधि,गहना, सुरक्षा कवछ आदिका रुपमा बुझ्दछन्।

70DFE4DA-BEC4-4F09-B71B-0AB575A37305-1024x478 कुशेऔंसी अर्थात बुवाको मुख हेर्ने दिन : जान्नैपर्ने महत्वको कुरा ।


कुशले हजुर्हाम्रो शरिरमा आउने प्रतिकुल तरङ्गको न्यूनीकरण गर्दछ।ऋषलाई नियन्त्रण गर्दछ,शत्रुको रिसबाट बचाउँछ।कुशलाई कवचको रुपमा,जरालाई औषधिको रुपमा प्रयोग गरिन्छ।जस्तो डेरि बाट ल्याएको दुध उमाल्दा एउटा कुशको धर्सो राखेर उमाल्नुस दूध फाट्दैन। यो प्रयोग गरेर सिद्ध भएको कुरा हो।
कुशघारी वा बाँस घारी बाट बगेको पानी राम्रो सङ्ग छनिएर आएको हुनाले पिउनको लागि योग्य हुन्छ भन्ने विषयमा वैज्ञानिकहरु पनि सहमत छन्।त्यसैले कुशको आध्यात्मिक का साथै व्यावहारिक महत्व ठूलो छ भन्न सकिन्छ।
महाभारत मा बताईएअनुसार गरुडके सर्पहरुबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरुलाई दिएका थिए।सर्पहरु अमृत पान गर्नुभन्दा पहिले स्नान गर्न गए। उता गरुडले पनि अमृतलाई कुशमाथी राखेर आफ्नी आमा लिएर घर फर्किए। सर्पहरु नुहाएर आउँदा त अमृत देखेनन्।कुशमा पोखिएको अनुमानले कुश चाटे कुशको धारले काटेको हुनाले त्यतिबेला देखि सर्पहरुको जिब्रो दुइवटा भयो।अमृतको स्पर्शले कुश चाहिँ पवित्र भयो भन्ने ईतिहाँस छ।यस्ता प्रकारले अमृतको स्पर्श भएको कुश लगाउनाले हजुर्हाम्रो शरिरमा शक्ति आउँछ ,रोगको निराकरण हुन्छकुश विद्युतको कुचालक हो।यसले घर गोठ आदिमा चट्ट्याङ् पर्न दिंदैन त्यसैले सबै आमाबुबा,दाजुभाई दिदिबहिनीहरुले आफ्नो घराअँगनमा कुशेऔंशी कादिनदेखी कुश रोपौं चट्याङ् पर्नबा ट जोगिऔं।कुश जस्तो पवित्र र तीखो दिमागलाई कुशाग्र बुद्धि भनिन्छ।कुशले शरिरलाई स्वास्थ बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ।त्यसैले गरुडपुराण मा भनिएको छ
“कुश मुले स्थितो ब्रह्मा कुशमध्ये जनार्दन:।
कुशाग्रे शंकरो देवास्त्रयो देवा:कुशे स्थिता:।।
कुश नपाइएको खन्डमा के गर्ने त भन्ने प्रसङ्ग मा बताउछ शास्त्र
“कुशा:काशा:यवा दुर्वा उशिराश्च सकुन्दका:।
गोधुमा ब्रीहयो मुञ्जा दस दर्भा:सबल्लजा:।।”
कुश,काँश,जौं,दुवो,उशिर(खस)कुन्दक(एककिसिमको तृण विशेष )गहुँ ,धान,मुँज,बल्लज,(बाबियो)समेत गरि दस किसिमका दर्भ जाती मानिएका छन्।अन्तमा हजुर्हामिहरुलाई जन्म कर्मदिने मातापितालाई एक दिन्को मात्रै सम्मान होइन ?नित्यनिरन्तर संधैभरी मिठोबोलिका साथै सेवा सम्मान गरौं मीठो मसिनो खुवाउन नसके पनि मोटो खर्सो भएपनी नरम भएर मुसुक्क मुस्कुराईदिनुभयो भने त्त्यो नै मीठो अमृत सरि हुन जान्छ ।

ज्योतिषी पं. बालचन्द्र अधिकारी अष्ट्रेलिया

फोटो : निरज श्रेष्ठ

Total Page Visits: - Today Page Visits:
Shares