महिलाहरुको बिशेष चाड तीजको अवसर पारेर एनआरएनए र एएनएफएस क्यानबेराले गरेको तीज कार्यक्रम भव्य भएको छ । नेपालबाट आएका गाएक रमेशराज भट्टराइ र गायीका एलिना चौहानको बिशेष प्रस्तुति रहेको कार्यक्रममा स्थानिय कलाकारहरुको सहभागीता रहेको थियो । ५०० जना भन्दा बढिको सहभागीता रहेको कार्यक्रममा बुवाआमाहरुलाइ निशुल्क दर खुवाइएको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो एनआरएनए र एएनएफएसले गरेको बिशेष तीज ।
https://successedu.com.au/

सबै स्थानियहरु संघ संस्थाहरुले सहयोग गरेको कार्यक्रममा स्थानिय ब्यक्तिहरुको पनि भब्य सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बसुधा नेपाल पोख्रेल रहनुभएको थियो भने बिशेष अतिथीहरु गंगा देवि कोईराला तथा कमला शर्मा रहनु भएको थियो । एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीको सहित कलाकार बिन्दु पौडेल पनि उपस्थिति रहेको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो एनआरएनए र एएनएफएसले गरेको बिशेष तीज ।

कार्यक्रममा श्रुति रेग्मी, बिज्ञ ढुगेंल, प्रित्या प्याकुरेल, गोमा उप्रेती र तुल्सा पाण्डेले नृत्य प्रस्तुत गर्नुभएको थियो भने पाठशालाका भाइ बहिनिहरुको बिशेष प्रस्तुती रहेको थियो । त्यस्तै दुर्गा सुबेदीले गीत प्रस्तुत गर्नुभएको थियो । क्यानबेराका प्रायः सबै संघसंस्थाका प्रतिनिधि रहेको कार्यक्रममा आयोजकले सहयोगी संघ संस्थाहरु र ब्यक्तिहरुलाइ कदर पत्र प्रदान गरेको थियो भने लक्की ड्रबाट पनि पुरस्कार दिइएको कुरा एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले बताउनुभयो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो एनआरएनए र एएनएफएसले गरेको बिशेष तीज ।

अष्ट्रेलियन क्रोएसियन क्लव ओकर्नर, टर्नरमा अगष्ट २७ सनिबारका दिन भएको कार्यक्रममा स्वागत मन्तब्य एनआरएनए एसिटि वोमन कोअर्डीनेटर सेफलिका अर्यालले गर्नुभएको थियो भने भने धन्यवाद मन्तब्य एएनएफएसका अध्यक्ष आशीष देवकाले गर्नुभएको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 कस्तो रह्यो एनआरएनए र एएनएफएसले गरेको बिशेष तीज ।

कार्यक्रममा बोल्दै संयोजक बस्तेतले विदेशमा रहेर पनि नेपाली संस्कृतीको जगेर्ना गर्न सकिन्छ र नेपालको झल्को मेट्न सकिन्छ भन्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । त्यस्तै नेपालीहरुको मुख्य चाडपर्वमा विदेशमा रहेका नेपाली संघसंस्थाले आयोजना गर्ने यस्ता कार्यक्रमले नेपालीहरुलाई एकबद्ध बनाइराख्न सहयोग मिल्ने एएनएफएसका अध्यक्ष आसिस देवकोटाको भनाई थियो । कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सबै संघ संस्थाप्रति धन्यवाद दिदै केहि कमि कमजोरी रहेमा क्षमा दिनुहुन बस्नेत र देवकोटाको अनुरोध रहेको छ । कार्यक्रमको संचालन आबृती भुषालले गर्नुभएको थियो ।

फोटो : फोटो कथा

Total Page Visits: - Today Page Visits:
Shares